Presidential

धादिङका २३ युवा विदेशमा बेपत्ता

धादिङका २३ युवा विदेशमा बेपत्ता

२६ जेठ । सूचना तथा परामर्श केन्द्र धादिङले दिएको जानकारी अनुसार रोजगारीका लागि विभिन्न देशमा गएका २३ युवा बेपत्ता भएका छन् ।

त्यसरी बेपत्ता हुनेमा सबै धादिङका छन् । जानकारी अनुसार मलेसियामा बाह्र, कुवेतमा चार, साउदी अरब– कतार र सिरियामा दुई–दुई, तथा जर्जियामा एक बेपत्ता भएका छन् ।

कामको खोजीमा बिदेसिएका ती युवा कम्पनीले तोके अनुसारको काम नदिएपछि राम्रो कामको खोजीमा बेपत्ता भएका हुन् ।

सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङ अन्तर्गत सूचना तथा परामर्श केन्द्रमा परेको निवेदनमा पनि उनीहरु बेपत्ता भएको उल्लेख छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार