Presidential

साँस्कृतिक पेशाकर्मीमा मैनाली

साँस्कृतिक पेशाकर्मीमा मैनाली

काठमाडौं । पेशागत महासंघ नेपालमा आबद्ध नेपाल सांस्कृतिक पेशाकर्मी संघको तेस्रो महाधिवेशनले विक्रम मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो सम्मेलन यही पुस १६ गते भएको थियो ।

वरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न उक्तम महाधिवेशनमा पेशागत महासंघका अध्यक्ष एवं इन्चार्ज विश्वनाथ प्याकुरेल, एमालेका वैकल्पिक केन्द्रिय सदस्य तथा पेशागत महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल तथा महासचिव विष्णु लामिछानेलगायत उपस्थित रहेका थिए ।

सो अवसरमा प्रश्रितले सांस्कृतिक रुपान्तरणसम्बन्धी मन्तव्य राखेका थिए भने कलाकारहरुले विभिन्न संस्कृति र परिचय झल्कने विशेषता बोकेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । सम्मेलनले ३९ सदस्यिय कार्यसमिति चयन गरेको थियो । जसमा वरिष्ठ उपाध्यक्ष रामप्रसाद श्रेष्ठ, उपाध्यक्षमा हरिबहादुर खत्री, महिला उपाध्यक्षमा तारा केसी, महासचिवमा युनिक केसी, उपमहासचिवमा जनार्दन फुयाल र सचिवमा रीता थापा चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा देशभक्त धमला, सहकोषाध्यक्षमा पुस्तका खड्का र सदस्यहरुमा सुनिता राजभण्डारी, रेवन्तलाल श्रेष्ठ, नृपेन्द्रलाल मास्के, ईश्वरीप्रसाद अधिकारी, सुवासभन्द्र लामिछाने, विष्णु भट्ट, राममान महर्जन, रवी कार्की, प्रदीपकुमार मैनाली, सीमाकुमारी मास्के, नरबहादुर विश्वकर्मा, दिनेशराज सुवेदी, अप्सरा मैनाली, कमला आचार्य, लीलाधर बास्कोटा, सुनिता तामाङ, देवेन्द्र धमला, कृष्णप्रसाद अधिकारी, केशव कार्की, पूर्णप्रसाद ढकाल र हरिप्रसाद भुसाल चयन भएका छन् ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • निरोगीलाई नर्सको भान्सा !

    निरोगीलाई नर्सको भान्सा !

    दुईजना बूढा च्युँडोमा हात लगाएर धुँवा उडाइरहेका थिए मोडको कान्लामा । तोरी, गहुँ र फापरका रङ्गीबिरङ्गी रुपमा आँ..

  • दिपेश गौतमको म्युजिक भिडियो बजारमा

    दिपेश गौतमको म्युजिक भिडियो बजारमा

    दिपेश गौतमको ‘मलाई मन पर्यो’ नामक नेपाली आधुनिक गीतको म्युजिक भिडियो बजारमा आएको छ । मिन गुरुङको शब्द र संगीत ..

  • बुद्धिसागरका दुई कविता

    बुद्धिसागरका दुई कविता

    बुढो कालिकोट सपना पोखिएका बाटोहरुमा हिँड्छ अभावको पोको बोकेर आशाको लौरो टेकेर बुढो युगबाट फर्केजस्तो बु..

  • हङकङ ततायो नेपथ्यले

    हङकङ ततायो नेपथ्यले

    ‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भ..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार