Presidential

कोइला खानी भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो

कोइला खानी भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो

 १८ पुस । गत बिहीबार राति पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा भत्किँदा भएको घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १७ पुगेको छ ।

बेपत्ता भएका व्यक्तिहरु मध्ये ६ जनाको शव निकालेपछि आइतबार सो सङ्ख्या १७ पुगेको र अझै बेपत्ता रहेका ६ जना कामदारको उद्धारकार्य जारी रहेको पनि बताइएको छ ।
यस घटनामा मारिने व्यक्तिको सङ्ख्या २३ पुग्ने आशङ्का गरिएको झारखण्डका प्रहरी प्रवक्ता आरके मल्लिकले एएफपी समाचार समितिलाइ जानकारी दिनु भएको छ ।
सन् २०१५ मा भारतमा अवस्थित विभिन्न खानीहरुमा भएका दुर्घटनाहरुमा ३८ व्यक्तिको मृत्यु भएको थियो ।

भारत कोइला उत्पादनको लागि विश्वमा नै तेस्रो स्थानमा पर्ने राष्ट्रको रूपमा रहेको छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार