Presidential

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्षको हदबन्दी, निर्वाचन फागुन १४ मा हुने

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्षको हदबन्दी, निर्वाचन फागुन १४ मा हुने

२० पुस । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । हरेक दुई वर्षमा हुनु पर्ने स्ववियु निर्वाचन ०६५ साल यता हुन सकेको छैन ।

बुधबार बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट) स्ववियु निर्वाचनका लागि पहिलो पटक उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेसँगै निर्वाचन हुने निश्चित भएको अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्रीले जानकारी दिए ।  शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठी संयोजक रहेको समितिले पेश गरेको रिपोर्टलाई बुधवार बसेको सिनेट बैठकले मान्यता दिदैँ यस्तो निर्णय गरेको हो ।

‘त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको जानकारी प्राप्त भएको छ, यसमा हामी खुशी छौँ,’ खत्रीले भने । यस अघि नै मिश्रित निर्वाचन प्रणाली अपनाउने विषयमा विद्यार्थी संगठनबीच सहमति भैसकेको छ ।

अब अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन गरिने छ ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार