Presidential

भिखारीसँग ६ करोड सम्पत्ति ?

भिखारीसँग ६ करोड सम्पत्ति ?

२१ पुस । साउदी अरेबियाको जेद्दास्थित सडकमा एउटी महिला भिख माग्थिन् । सय वर्षसम्म जीवित रहेकी उनले बाँचुन्जेलसम्म भिख मागिन् र मानिसहरुले पनि दया गरेर उनलाई दान दिँदै आए ।

तर, उनको मृत्युपछि भने एउटा रहस्य खुल्यो, सय वर्षिया भिखारी ईशासँग ६ करोडजति सम्पत्ति छ । उनी दृष्टिविहीन थिइन्, ५० वर्षदेखि जेद्दाको सडकमा भिख माग्दै आएकी थिइन् । मानिसहरुले पनि उनको टिठलाग्दो अवस्थालाई देखेर सकेजति दान दिँदै आए ।

मृत्युपछि भने उनीसँग सुनका सिक्काहरु, विभिन्न बहुमूल्य गहना र जग्गाजमिनका साथै घरसमेत रहेको रहस्य पत्ता लाग्यो । जेद्दा सहरको अलबलाद जिल्लामा उनका चार वटा घर रहेको पत्ता लाग्यो । ती घरहरुको मूल्य नै चार करोडबराबरको रहेको बताइन्छ । साथै, २ करोडजतिको बहुमूल्य गहनाहरु रहेको पनि थाहा भयो ।

उनीसँगै सडकमा भिख माग्ने अहमद अल सइदीले यो कुरा पत्ता लगाएका हुन् । कुनै आफन्तहरु नभएकी ईशाले आफ्नो स्वेच्छापत्रमा भने आफ्नो मृत्युपछि आफूसँग भएका सम्पत्तिहरु गरिबहरुलाई बाँडिदिन अनुरोध गरेकी थिइन् । त्यति धेरै सम्पत्ति उनले आफ्नी आमा र बहिनीको मृत्युपछि प्राप्त गरेकी थिइन् ।

अर्को के रहस्य पनि खुल्यो भने, ईशाको घरमा जुन व्यक्तिहरु बस्दथे, तिनीहरुसँग उनले भाडा पनि लिँदैनथिन् ।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार