Presidential

रहेनन् ओम पुरी

रहेनन् ओम पुरी

२२ पुस । हिन्दी चलचित्रका चरित्र अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको छ । उनी ६६ वर्षका थिए । उनको हृदयाघातका कारण निधन भएको जनाइएको छ ।

सन् १९५० मा हरियाणामा जन्मिएका पुरीले हिन्दीलगायत हलिउड, मराठी, पञ्जावी भाषाका फिल्ममा समेत अभिनय गरेका थिए । सन् १९७६ मा मराठी फिल्म ‘घाँसीराम कोतवाल’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए । हिन्दी चलचित्रमा भने उनले १०८० मा ‘आक्रोश’ बाट अभिनय सुरु गरेका थिए ।

२ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका पुरीले भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार र चलचित्र ‘अर्धसत्य’ का लागि राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका थिए ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार