Presidential

को कति घन्टामात्रै सुत्दथे–सुत्दछन् ?

को कति घन्टामात्रै सुत्दथे–सुत्दछन् ?

नवजात शिशुले कम्तिमा पनि १८ घन्टा सुत्नुपर्दछ । वयस्कहरुका निम्ति कम्तिमा पनि ८ घन्टाको समय तोकिएको छ । उमेरअनुसार तोकिएको समयभन्दा कम सुत्नेहरुमा विभिन्न खाले शारीरिक समस्या उत्पन्न हुने शोधहरुले पुष्टि गरिसकेको छ । आवश्यकताभन्दा कम सुत्नेहरुमा शारीरिकका साथै मानसिक समस्याहरु पनि उत्पन्न हुने बताइन्छ ।

तर, सफल व्यक्तिहरुको कथा पढ्ने हो भने उनीहरु कमै सुत्ने गरेको पाइएको छ । उन्नाइसौं शताब्दीमा आफ्नो बहुमूल्य विचारद्वारा संसारलाई नै नयाँ गोरेटोतिर अघि बढाउने कार्ल माक्र्स निकै नै कम सुत्दथे । उनको दिन होइन, रातचर्यासमेत प्रायजसो पुस्तकालयमा नै बित्दथ्यो । कैयौंपटक पुस्तकालयमा अध्ययन गर्दागर्दै अनिन्द्राका कारण उनी ढलेका थिए । उनी ३÷४ घन्टाभन्दा बढी नसुत्ने गरेको बताइन्छ ।

भ्यादिमिर इल्यिच लेनिन पनि कमै सुत्ने व्यक्तिमा पर्दछन् । सोभियत संघका निर्माता लेनिनले कार्यव्यस्तता र अध्ययनलाई जोड दिनुपर्ने भएका हुँदा कम समय नै सुत्दथे । यसरी नै कम सुत्नेहरुमा भारतका पन्ध्रौं शताब्दीका सम्राट अकबर पनि हुन् । उनी त साढे तीन घन्टाभन्दा बढी सुत्दैनथे । भनिन्छ, सम्राट अकबरको दरबारमा काम गर्नेहरु यति तनावमा हुन्थे कि, सम्राट जागेसँगै उनीहरु जाग्नुपर्दथ्यो । सम्राट अकबरको दरबारमा कवि, विद्वान् र संगीतसर्जकहरुले भरिएको थियो ।

सम्राट अकबरको सिको गरेजस्तै देखिन्छ, भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले । उनी पनि कम सुत्ने शासकहरुको लहरमा आबद्ध भइसकेका छन् । भनिन्छ, मोदी ३÷४ घन्टाभन्दा बढी सुत्दैनन् । उनी राति अबेला सुत्छन् र बिहान सखारै उठ्छन् । उनको टोलीमा रहेका कर्मचारीहरुले पनि मोदीकै सिको गर्न बाध्य भएका छन् । तर, चिकित्सकहरुले उनलाई कम्तिमा पनि पाँच घन्टा सुत्न सुझाव दिए पनि उनी भने तीन चार घन्टा सुतेपछि आफूलाई निद्राले छाड्ने गरेको बताउँदै त्यही निद्रा–चर्यालाई पछ्याउँदै आइरहेका छन् ।

त्यसो त, भारतमै राष्ट्रपिता महात्मा गान्धी ४ घन्टा र पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी ४ घन्टा मात्रै सुत्ने गरेको बताइन्छ । नेपालका नेताहरुमध्ये को कति सुत्छन् ? त्यसबारे अहिलेसम्म कसैले अध्ययन गरेको छैन । तर, सक्रिय राजनीतिमा रहेका नेताहरु कमै सुत्ने गरेका अनुमान लगाउन सकिन्छ ।

केही वर्षपूर्व, अक्सफोर्ड युनिभर्सिटीले गरेको शोधअनुसार एक जना मानिसले दैनिक ८ घन्टा निद्रा लिनुपर्छ । जसले ८ घन्टा निद्रा लिँदैनन्, उसको मस्तिष्क विस्तारै खुम्चिँदै जान्छ । र, त्यसले विभिन्न मानसिक समस्याहरु निम्त्याउँछन् । त्यसको असर उसको कार्यक्षेत्रमा पर्दछ ।

तर, संसारका सफल व्यक्तिहरुको जीवनी पढ्ने हो भने उनीहरु यति कम सुत्ने गरेका तथ्य पाइन्छन् कि, तीन÷चार घन्टा नै उनीहरुका सीमा रहेको देखिन्छ । अझ, बलिउडका नायक शाहरुख खानले त कुनै पत्रकारलाई अन्तर्वार्ता लिन बिहानको ३ बजे नै बोलाउँछन् । किनकि, उनी बिहानको चार बजेदेखि त सुटिङका लागि तयार भइसक्छन् । उनी पनि ३÷४ घन्टाभन्दा बढी सुत्दैनन् ।

20 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • निरोगीलाई नर्सको भान्सा !

    निरोगीलाई नर्सको भान्सा !

    दुईजना बूढा च्युँडोमा हात लगाएर धुँवा उडाइरहेका थिए मोडको कान्लामा । तोरी, गहुँ र फापरका रङ्गीबिरङ्गी रुपमा आँ..

  • दिपेश गौतमको म्युजिक भिडियो बजारमा

    दिपेश गौतमको म्युजिक भिडियो बजारमा

    दिपेश गौतमको ‘मलाई मन पर्यो’ नामक नेपाली आधुनिक गीतको म्युजिक भिडियो बजारमा आएको छ । मिन गुरुङको शब्द र संगीत ..

  • बुद्धिसागरका दुई कविता

    बुद्धिसागरका दुई कविता

    बुढो कालिकोट सपना पोखिएका बाटोहरुमा हिँड्छ अभावको पोको बोकेर आशाको लौरो टेकेर बुढो युगबाट फर्केजस्तो बु..

  • हङकङ ततायो नेपथ्यले

    हङकङ ततायो नेपथ्यले

    ‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भ..

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार