Presidential

‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’

‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’

२४ पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन एक मात्र विकल्प रहेको बताएका छन् ।

नेपाल प्रेस सोसाइटी सिरहाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने गरी परिमार्जनसहित संशोधनका लाागि एमालेले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिए । संयोजक डा भट्टराईले भने “राष्ट्रको मुख्य मुद्दामा प्रमुख राजनीतिक दलले असन्तुष्ट पक्षको मागप्रति साझा धारणा बनाउन ढिलाइ गर्नुहुँदैन ।”

तराईमा दुई र पहाडमा आठ प्रदेश कायम हुने गरी सीमाङ्कन गरिए चाँडै समाधान निस्किने विश्वास उनले व्यक्त गरे।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार