Presidential

लोकमान पदमुक्त : नियुक्ति असंवैधानिक ठहर

लोकमान पदमुक्त : नियुक्ति असंवैधानिक ठहर

२४ पुस । सर्वोच्च अदालतले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो ।
रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, टीकाराम भट्टराई, राजु चापागार्इं, रमणकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योति लम्साल पौडेल, कुनदेवी महर्जनसहित १५ जनाले बहस गरेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार