Presidential

पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त : उपराष्ट्रपति पुन

पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त : उपराष्ट्रपति पुन

२५ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताएका छन् ।

‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले उक्त विचार व्यक्त गरेका हुन  । सो पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो ।

सो अवसरमा समसामयिक राजनीतिबारे कुराकानी भएको भेटमा सहभागी पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए ।

राप्रपाले संविधान संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउनुभन्दा सबैको सहमति हुने गरी निकास खोज्न आग्रह गर्दै आएको छ ।

0 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार