Presidential

निर्वाचन विधेयक, २०७३’ को विपक्षी दलद्धारा स्वागत : निर्वाचन मिति तोक्न माग

निर्वाचन विधेयक, २०७३’ को विपक्षी दलद्धारा स्वागत : निर्वाचन मिति तोक्न माग

सरकारले व्यवस्थापिका–संसद्मा ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ प्रस्तुत गरेकामा विपक्षी दलले स्वागत गरेका छन् । डेढ दशकदेखि स्थानीय निकायको निर्वाचन नभएका सन्दर्भमा विधेयकले नयाँ संरचनामा निर्वाचन गर्ने आधार तय गरेकाले चाँडो पारित गरेर निर्वाचनको मिति तोक्न सत्ता र विपक्षमा रहेका सांसदको समान मत पनि देखिएको छ ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले)का प्रकाश ज्वालाले विधेयक आउनु सकारात्मक हो भन्दै त्यसमा स्थानीय तह तोकिएर आएकाले अब पुरानो संरचनामा स्थानीय निकाय गर्ने भन्नेबारे छलफल गर्नु आवश्यक नभएको जनाए । सोही दलका शेरबहादुर तामाङले आउँदो वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न आग्रह गरे । नेपाली काँग्रेसका कमलप्रसाद पङ्गेनी, रामचन्द्र पोखरेल र हरिप्रसाद नेपालले विधेयकको समर्थन गर्दै चाँडो पारित गराउन आग्रह गरे ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले विधेयकमा कार्यकाल सकिएपछि अर्काे निर्वाचन गर्ने मिति तोक्न माग गरे । छलफलमा गुरुप्रसाद बुर्लाकोटी, टेकबहादुर बस्नेत, प्यारेलाल राना, महेन्द्रबहादुर शाही, मीना पुन, कर्णबहादुर थापा, निशाकुमारी साह, अनन्तप्रसाद पौडेल, रामेश्वर फुयाँल, श्यामकुमार श्रेष्ठ, कुन्तीकुमारी शाही, मदनकुमारी (गरिमा) शाह, नीता रावल, पर्शुराम तामाङ, गीता राणा क्षेत्री, मोहन टुडु, आदित्यनारायण कसौधन, खड्गबहादुर बस्याल, चन्द्र महर्जनलगायतले लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन नसकेको परिस्थितिमा सहमतिमा स्थानीय निर्वाचनसम्बन्धी कानुन पारित गरी शीघ्र निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरे ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार