Presidential

ओली गृह जिल्लामा सक्रिय, एकै दिन पाँच कार्यक्रममा सहभागी


ओली गृह जिल्लामा सक्रिय, एकै दिन पाँच कार्यक्रममा सहभागी

२६ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सहभागी हरेक कार्यक्रममा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीको अपेक्षा उनले विरोधीलाई गर्ने कटाक्षको नयाँ शैलीप्रति हुन्छ ।
मंगलबार गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्रका चारवटा कार्यक्रममा ओली सहभागी भए । तर, ती चारवटै कार्यक्रममा ओली निकै नरम रूपमा प्रस्तुत भए । त्यति मात्र होइन, उनले पछिल्लो राजनीतिक अवस्थाबारे समेत त्यति आरोप–प्रत्यारोपका शब्द खर्च गरेनन् । विकास निर्माणसम्बन्धी कार्यक्रममै सहभागी भएका ओलीले बरु आर्थिक समृद्धिका कुरा गरे । देश बनाउने सपना कार्यकर्ताबीच बाँडे । हत्तपत्त गृह जिल्ला नपुग्ने ओली मंगलबार भने दिनभरि नै आफ्नै निर्वाचन क्षेत्रका जनतासँग रहे र आफूलाई प्रधानमन्त्री बन्ने अवसर प्रदान गरेकोमा त्यहाँका जनतालाई धन्यवादसमेत दिए ।

माले मोरङ जिल्लाको अधिवेशनको उद्घाटनका लागि सोमबार विराटनगर पुगेका ओली मंगलबार बिहानैदेखि झापा क्षेत्र नम्बर–७ को कार्यक्रममा सहभागी भएका हुन् । उनले मंगलबार झापा–धरमपुर कुन्जीबारी सडकको शिलान्यास गरे त्यसपछि दमकको आकाशेपुल उद्घाटन गरेका ओलीले हिमाली मधुमल्ला सडकको पनि शिलान्यास गर्न भ्याए । मंगलबार नै ओलीले दमक सेतुमारी सडक कालोपत्रेको पनि उद्घाटन गरे ।

बुधबार मात्र राजधानी फर्किने तयारीमा रहेका ओलीको मंगलबार बेलुका झापाका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । ओलीले आफूलाई प्रधानमन्त्री बन्ने अवसर प्रदान गर्ने जनतासँग भेट हुँदा खुसी लागेको भन्दै जनतालाई धन्यवाद दिँदा कार्यक्रममा सहभागी हजारौँ कार्यकर्ताले तालीले स्वागत गरेका थिए । तस्बिर सौजन्यः रमेश भट्टराई oli 1 oli2 oli3

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार