Presidential

मधेसीको भावनालाई नसमेटेसम्म संशोधन प्रस्ताव पारित हुँदैन : राणा

मधेसीको भावनालाई नसमेटेसम्म संशोधन प्रस्ताव पारित हुँदैन : राणा

२६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसकेन्द्रित दलको भावनालाई संविधानमा समेट्न नसकेसम्म संशोधन प्रस्ताव पारित हुन नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज  आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक रहेको उल्लेख गरे । उनले भने, “संविधान विद्येयकको पक्षमा वा विपक्षमा मतदान गर्ने भन्नेबारेमा राप्रपाले अहिलेसम्म निर्णय लिइसकेको छैन ।”

उनले संविधान संशोधनको बारेमा सरकारले आफ्नो दलसँग औपचारिक कुराकानी समेत नगरेको गुनासो गरे । नेता राणाले भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले भूकम्पपीडित धेरै परिवारलाई पचास हजार रुपैयाँसम्म दिन नसकेको आरोप लगाए ।

उनले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पु¥याउनुभएको योगदानलाई उच्च कदर गर्दै पुस २७ गते राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा दिनुपर्ने माग पनि गरे ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार