Presidential

‘विदेशी दूतावासमा भात खाएर राष्ट्रघाती कुरा गर्ने छुट कसैलाई छैन’

‘विदेशी दूतावासमा भात खाएर राष्ट्रघाती कुरा गर्ने छुट कसैलाई छैन’

२६ पुस । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास नहुने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा सदरमुकाम मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले यस्तो चेतावनी दिएका हुन् ।  ‘संविधान संशोधनकोविरुद्धमा स्पष्ट एकतिहाइ मत छ,’ उनले भने, ‘त्यति मात्र होइन संविधान संशोधन विधेयक नै राष्ट्रघाती भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित गर्न दिने छैनन् ।’

उनले प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको स्मरण समेत गराए । ‘त्यसो नभएमा स्वतः निष्क्रिय हुन्छ,’ उनले भने, ‘संविधान संशोधन संविधान र संसदीय मान्यता विपरीत पारित गर्न खोजे एमाले टुलुटुलु हेरेर बस्दैन ।’

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधान तथा रक्षा मन्त्री समेत रहेका रावलले एमाले ३ वटै निकायको चुनावका लागि तयार रहेको जानकारी दिए । माघ ७ गतेभित्र तीनवटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने उनको भनाइ थियो  । सरकार चुनावको मिति घोषणा नगरी देशमा रिक्तता उत्पन्न गरी आफ्नो आयू बढाउन लागेको भन्दै चिन्ता पनि व्यक्त गरे ।  उनले संविधान संशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको  आरोप लगाए ।

उनले केपी ओली नेतृत्वको सरकारका पालामा देशका विभिन्न खानी उत्खनन गर्ने, उद्योग धन्दा संचालन गर्ने, भारतसँग ७ बुँदे सहमति गर्ने, चीनसँग १० बुँदे सम्झौता गर्ने जस्ता सकारात्मक का भएको पनि उनले स्मरण गरे ।  उनले विदेशी दूतावासमा भात खाएर राष्ट्रघाती कुरा गर्नेहरु नै मधेस विरोधी भएको आरोप लगाए । उनले धेरै मधेशी जनता देशभक्त रहेका स्पष्ट पार्दै नेता रावलले जनताले चुनावमा हराएका व्यक्तिहरु विभिन्न षडयन्त्र गरी देशलाई दीर्घकालिन रुपमा असर पर्ने काम गर्न उद्यत रहेको आरोप लगाए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार