Presidential

प्राधिकरणमा ज्ञवालीलाई हटाएर पोखरेललाई ल्याइयो

प्राधिकरणमा ज्ञवालीलाई हटाएर पोखरेललाई ल्याइयो

२७ पुस । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई अवकाश दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्राधिकरणको कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ ।

कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेसिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिको अनुमति दिने निर्णय पनि गरेको छ । नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार