Presidential

पृथ्वीजन्मजयन्तीमा माल्यार्पण गर्दै पृथ्वीनारायणको योगदानबारे स्मरण

पृथ्वीजन्मजयन्तीमा माल्यार्पण गर्दै पृथ्वीनारायणको योगदानबारे स्मरण

२७ पुस । पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमआा ०८ मिटर लामो माला चढाइएको छ । शिव सेना नेपालले शाहको २५५ औँ जन्मजयन्तीको अवसरमा त्यस्तो माला चढाएको छ ।

तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेनासँगै अन्यले पनि शाहको स्मरण गरेका छन् ।  बुधबार नै राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा मालेका सहासचिव सीपी मैनाली, संस्कृतिविद् मोदनाथ प्रश्रितलगायतले पनि शाहको सम्झना गरेका छन् ।  उनीहरुले पनि शाहको सालिकमा फूल गुच्छा चढाएर उनको योगदानको चर्चा गरेका थिए ।

गोर्खा समाजले पनि शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि गरेको थियो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गरे ।  पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु आफ्नो अस्तित्वलाई चुनौती दिनु भएका बताए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार