Presidential

नेपालमा एमाले रहुन्जेल अंगीकृतवालाहरु राष्ट्रपति–प्रधानमन्त्री बन्ने छैनन्ः योगेश भट्टराई

नेपालमा एमाले रहुन्जेल अंगीकृतवालाहरु राष्ट्रपति–प्रधानमन्त्री बन्ने छैनन्ः योगेश भट्टराई

२७ पुस । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालमा एमाले पार्टी रहेसम्म अंगीकृतवालालाई राष्ट्रपति, प्रधानमन्त्री वा प्रदेश प्रमुख बन्ने सपना नदेख्न सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘नेपालमा एमाले पार्टी पनि छ भन्ने अंगीकृतवालाहरुलाई थाहा नभए जस्तो छ,’ उनले चेतावनीको भाषामा भने, ‘नेपालमा एमाले पार्टी रहुन्जेल हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने र अंगीकृतवालाहरुले राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख बन्ने कुरा संभव छैन ।’  उनले सरकारलाई संविधान संशोधन प्रक्रियालाई स्थगन गरेर निर्वाचनको वातावरण बनाउन पनि सुझाव दिए । ‘अन्य देशमा सत्तापक्ष निर्वाचन गर्ने र विपक्षले निर्वाचन गर्न नदिने हुन्छ,’ उनले भने, ‘नेपालमा त्यसको ठीक उल्टा भएको छ, हामी चुनाव भनिरहेका छौँ । सरकार भागिरहेको छ ।’
उनले अहिले मुुलुक अप्ठ्यारो परिस्थितिमा पुगकाले तीन दल मिल्नुको विकल्प नभएको पनि बताए ।  ‘संंविधान जारी गर्दा १६ बँुदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘ सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार छ ।’ उनले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा रहेको पनि आरोप लगाए ।

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार