Presidential

रोल्पाबाट प्रचण्ड र देउवालाई कांग्रेसका चन्द्र भण्डारीको चेतावनी– ‘संशोधन प्रस्ताव पारित हुन सक्दैन’


रोल्पाबाट प्रचण्ड र देउवालाई कांग्रेसका चन्द्र भण्डारीको चेतावनी– ‘संशोधन प्रस्ताव पारित हुन सक्दैन’

२७ पुस । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव दुईतिहाइ बहुमतले पारित गर्ने दाबी गरिहेका बेला उनकै पार्टीका एक नेताले भने संशोधन प्रस्ताव पारित भए देश नै नरहने चेतावनी दिएका छन् ।

बुधबार रोल्पामा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले यस्तो चेतावनी दिएका हुन् । उनले सभालाई सम्बोधन गर्दै राष्ट्रहित विपरितको संशोधन प्रस्ताव कुनै पनि हालतमा पास नुहने पनि चेतावनी दिए । ‘यो संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन,’ भण्डारीले भने, देशलाई नै विभाजन गर्ने संशोधन प्रस्तावको समर्थन गर्न सकिन्न ।’ उनले रोल्पाली जनतालाई माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको पनि आरोप लगाए ।

कार्यक्रममा एमालेका लेखा आयोगका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सरकारले संसदमा दर्ता गरेको ५ नम्बर प्रदेश विभाजन गर्ने प्रस्ताव लोकतन्त्रको विरुद्धमा रहेको बताए । एमाले नेता गोकुल घर्तीले पनि संशोधन प्रस्ताव राष्ट्रहित विपरित रहेको भन्दै एमाले राष्ट्रियताको पक्षमा उभिएको दाबी गरे । उनले संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने चेतावनी दिए ।

त्यसैगरी कार्यक्रममा माओवादी क्रान्तिकारीका कुमार शाह, राष्ट्रिय जनमोर्चाका बमवहादुर खत्री, राप्रपाका दलवीर पुनः, नेकपा मालेका यादव केसी लगायतले पनि संशोधन प्रस्तावका विरोधमा आफ्ना भनाइ राखेका थिए । gokul

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार