Presidential

वरिष्ठ पत्रकार उपाध्यायको अन्त्येष्टि

वरिष्ठ पत्रकार उपाध्यायको अन्त्येष्टि

२८ पुस । वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष मणिराज उपाध्यायको बिहीबार बिहान अन्त्येष्टि गरिएको छ । उहाँको बुधबार राति निधन भएको थियो । उहाँ ९४ वर्षको हुनुहुन्थ्यो ।

दिवंगत उपाध्यायलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, महासंघका अध्यक्ष महेन्द्र विष्टलगायत पशुपति आर्यघाट पुगेका थिए ।

बुधबार बिहान हृदयाघात भएपछि उहाँलाई गंगालाल मुटु रोग अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा राति ८ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत वर्ष पनि उहाँलाई हृदयाघात भएको थियो । उहाँका २ छोरा छन् ।

वंगत उपाध्यायप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न सञ्चारमाध्यमहरुले श्रद्धान्जली दिएका छन् ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार