Presidential

नेपाल एक चीन नीतिको पक्षमामा छः माधव नेपाल

नेपाल एक चीन नीतिको पक्षमामा छः माधव नेपाल

२८ पुस । नेपालका लागि नवनियुक्त चीनियाँ राजदूत यू हङ्गले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । पूर्व प्रधानमन्त्रीको नीजि निवास कोटेश्वरमा भएको भेटमा नेपाल चीन सम्बन्धका विविध वषयमा कुराकानी भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

भेटवार्ताको सुरुमे चीनियाँ राजदूतले नेपाल जस्तो सुन्दर एवम् चीनसँग ऐतिहासिक सम्बन्ध भएको असल छिमेकी राष्ट्रको राजदूतको रुपमा जिम्मेवारी पाउँदा  अत्यन्तै खुसी भएको उल्लेख गरेकी थिइन् ।  उनले आफ्नो कार्यकाललाई दुबै देशको हितको पक्षमा अधिकतम उपयोग गर्न प्रयास गर्ने पनि बताएका थिइन् । नेपाल र चीनबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको कुरा स्मरण गर्दै उनले भूकम्प पछिको पूनर्निर्माणको काममा नेपाललाई छिट्टै पूर्ण सफलता मिल्ने चीन सरकारको शुभेच्छा व्यक्त गरिन् ।

नेपाल र चीनबीच विविध क्षेत्रमा सुरु भएको साझेदारी तथा सहयोगलाई आफ्नो कार्यकालमा अभिवृद्धि गर्ने उनको भनाई थियो । राजदूतले सार्वभौमसत्ता सम्पन्न नेपालले आन्तरिक विषयहरुलाई आफ्नै विशिष्टताको आधारमा हल गर्न र संविधानको सफलतापूर्वक कार्यान्वयन गर्न सकोस् भन्ने चीन सरकारको शुभेच्छा रहेको समेत बताइन् ।

नवनियुक्त राजदूतलाई नेपालमा स्वागत तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री नेपालले नेपाल र चीन तथा आफ्नो पार्टी र चीनियाँ कम्युनिष्ट पार्टीबीच रहेको सुमधुर एवम् ऐतिहासिक सम्बन्धको स्मरण गरे ।  उनले नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहुन् भन्ने विषयमा नेपालमा एकमत रहेको कुरा समेत उल्लेख गरे ।

नेपालले चीनका वर्तमान राष्ट्रपति सी जिन पिङ्गले अगाडि सारेको ‘वन बेल्ट वन रोड’को अवधारणाको स्वागत गर्दै सोही अवधारणाको आधारमा नेपाल र चीन बीच उर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार लगायत आर्थिक सम्बृद्धिका विविध क्षेत्रमा चीनियाँ सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको कुरा उल्लेख गरे ।

13 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार