Presidential

चीन–दक्षिण एसिया एक्स्पो सुरु, नेपालका सय स्टल

चीन–दक्षिण एसिया एक्स्पो सुरु, नेपालका सय स्टल

३० जेठ । दक्षिण एसियालाई विशेष महत्व दिएर चीनले चार वर्ष यता वर्षेनी आयोजना गर्दै आएको ‘चीन–दक्षिण एसिया एक्स्पो’ तथा ‘कुन्मिङ आयात तथा निर्यात बस्तु मेला’ सुरु भएको छ । एसियाका उच्च पदाधिकारीसहित हजारौँ सरकारी र गैरसरकारी अधिकारीहरुका बीच चीनका उपप्रधानमन्त्री वांग यांग ले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा जम्मा भएका विदेशी नेताहरुले चीनले हासिल गरिरहेको आर्थिक प्रगतिको उच्च प्रशंसा गर्दै विश्वको दोस्रो आर्थिक महाशक्तिबाट एसिया पनि लाभान्वित हुनुपर्नेमा जोड दिए । उनीहरुले चिनियाँ विकासको मोडलले एसियालाई नै विश्वमा चिनाएको र अबको शक्ति एसियामा छ भन्ने सन्देश दिएको भन्दै चीनसँग हातेमालो गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए ।

को–को छन् कार्यक्रममा ?

कार्यक्रममा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सम्बोधन गरेका छन् । पहिलो विदेश भ्रमणमा आएका पुनले नेपाल र चीनका बीचमा रहेको पुरानो मित्रताको चर्चा गर्दै छिमेकीका हिसावले सहकार्यका लागि आफ्नो मुलुक सदैव तयार रहेको बताए ।

यसैगरी, कार्यक्रममा माल्दिम्भसको संसद् जनमजलिसका सभामुख अब्दुल्लाह मसिह मोहम्मद, भियतनामका उपप्रधानमन्त्री ट्रिन्ह दिन्ह डुङ, कम्बोडियाका उपप्रधानमन्त्री हर नाम्होङ, लाओसका उपप्रधानमन्त्री सोनेक्से सिफान्डोङलगायतका उच्च अधिकारीले बोलेका थिए ।

कार्यक्रममा विभिन्न मुलुकका मन्त्रीस्तरका ३५, गभर्नर तथा मेयर २४, राजदूत ९, महावाणिज्यदूत १३ गरी ८९ देशको प्रतिनिधित्व छ । आयोजकका अनुसार, १ हजार ८ सय ११ विदेशी र १ हजार ५ सय ९० स्वदेशी गरी ३ हजार ४ सय १ अतिथिले कार्यक्रममा भाग लिइरहेका छन् ।

एक्स्पोमा कतिले भाग लिन्छन् ?

कार्यक्रममा एसिया, अमेरिका, अफ्रिकालगायतबाट गरी ६५ देशका स्टलहरु रहने छन् ।

युनान प्रान्तीय सरकारमा चिनियाँ कम्युनिस्ट पार्टी कमिटीका सचिवका रुपमा कार्यरत आयोजक कमिटीका अध्यक्ष गुओ सुसनका अनुसार, कार्यक्रममा एसिया, अमेरिका, अफ्रिकालगायतबाट गरी ६५ देशका स्टलहरु रहने छन् । चीनको २९ वटै प्रान्तका स्टल रहने छन् । यसपटकको एक्स्पोमा ५ हजार स्टल रहने र तीमध्ये आधाभन्दा बढी विदेशी हुने उनले जानकारी दिए ।

फर्चुन ग्लोबलले विश्वका पाँच सय ठूला कम्पनीभित्र राखेकामध्ये किया, एलजी, फक्सकन, हुवेईलगायत १३ वटा कम्पनीका स्टल छन् । साथै, चीनका पाँच सय ठूला कम्पनीभित्र पर्ने सीआरआरसी, हाइयर, बइडु, टेन्सेन्टलगायतका ६८ वटा कम्पनीका स्टल छन् । प्रदर्शनी हेर्न शुक्रबारसम्म ७४ हजार टिकट विक्री भइसकेको जनाइएको छ ।

गत वर्षभन्दा ठूलो

चीनले कुन्मिङमा यही कार्यक्रम गर्नकै लागि विशाल प्रदर्शनी स्थल बनाएको छ । गत वर्ष १३ प्याभिलियन रहेकोमा यस वर्ष त्यसको संख्या १८ पु¥याइएको छ । यतिसम्म कि १ लाख ३० हजार वर्गमिटरमा फैलिएको प्रदर्शनीस्थललाई विस्तार गरी यस वर्षदेखि १ लाख ८० हजार वर्गमिटरमा पु¥याइएको छ, जहाँ ८ हजार स्टल राख्न सकिनेछ । प्रदर्शनीस्थलमा दुईवटा दक्षिण एसियाली र दुईवटा एसियाली प्याभिलियनको व्यवस्था छ ।

२४ औँ चाइना कुन्मिङ इम्पोर्ट एन्ड एक्स्पोर्ट कमोडिटिज फेयरका लागि भियतनामलाई कन्ट्री अफ अनरका रुपमा छनोट गरिएको छ ।

प्रदर्शनीमा विद्युतीय सामानहरुको प्र्रदर्शनीलाई बढी जोड दिइएको छ । साथै, पर्यटन प्रवद्र्धन, ऊर्जा, कृषि, निर्माण जस्ता क्षेत्रलाई समेटिएको छ । यस वर्ष चौथो चीन–दक्षिण एसिया एक्स्पोका लागि लागि माल्दिभ्सलाई थिम कन्ट्रीका रुपमा छनोट गरिएको छ भने २४ औँ चाइना कुन्मिङ इम्पोर्ट एन्ड एक्स्पोर्ट कमोडिटिज फेयरका लागि भियतनामलाई कन्ट्री अफ अनरका रुपमा छनोट गरिएको छ ।

यहाँ निर्माण गरिएका प्याभिलियनहरुले चीनको आर्थिक, बैज्ञानिक र प्रविधिगत विकासलाई प्रतिबिम्बित गरेका छन् । आयोजक समितिका अध्यक्ष सुसनले भने, ‘६० प्रतिशत बुथहरु विशेष रुपमा सिंगारिएका छन्, जसका प्रकार, रङ र प्रकाशले पारदर्शिता प्रदर्शन गर्नेछ र मनोरम वातावरण सिर्जना हुनेछ ।’0612_4

साइडलाइनमा अरु कार्यक्रम

खासमा चीनले यति धेरै रकम खर्च गरेर कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य आफ्नो देशका विकास र प्रगतिका बारेमा बाहिरी विश्वलाई थाहा दिनु रहेको अनुभव यहाँ आउनेहरुले गर्दछन् । चीनले दक्षिण एसियासँग सम्पर्क सहरका रुपमा विकास गर्न चाहेको युनान प्रान्तको यस कुन्मिङ सहरमा वर्षेनी आयोजना हुने यस्ता कार्यक्रमले चीनको विकास हेर्नका लागि अवसर जुटाउने गरेको अनुभव यहाँ आउनेहरुको छ ।

त्यही भएर होला, चीनले यही कार्यक्रमको मौका पारेर साइडलाइन कार्यक्रमका रुपमा पत्रकार, बुद्धिजीवी, साहित्यकार, कलाकारलगायतलाई बोलाउने गर्दछ । यस वर्ष यस्ता १२ भिन्नाभिन्नै कार्यक्रम छन् ।

साताव्यापी कला प्रदर्शनी आयोजना गरिएको छ भने दक्षिण तथा दक्षिणपूर्वी एसियाका पत्रकारहरु, लेखक, बुद्धिजीवीलगायतकालाई आमन्त्रण गरिएको छ । साथै, ऊर्जा, आर्थिक विकास, सीमापार पर्यटन विकास, क्षमता विकासका सम्बन्धमा पनि विशेषज्ञहरुका सेमिनारहरु आयोजना गरिएका छन् ।

वर्षैभरि तयारी

हरेक वर्ष आयोजना गरिने यस विशाल कार्यक्रमका लागि एकाध महिना तयारी गरेर पुग्ने कुरा भएन । त्यसका लागि आयोजकहरुले वर्षभरि योजना बनाउने र कार्यान्वयनमा लाग्ने गरेको आयोजकले जानकारी दिए । उनीहरुका लागि, वर्षभरि नै आयोजक कमिटी सक्रिय भइरहन्छ ।

कार्यक्रम हलभित्र २ हजार ५ सय जना स्वयम्सेवक खटिएका छन्, जसमध्ये सय जना विदेशी छन् । यही कार्यक्रमका लागि सहरभरि १० हजार स्वयम्सेवक खटिएको जानकारी दिइएको छ ।

प्रदर्शनीस्थलभित्र वत्ती, खानेपानी, सुरक्षा, स्वास्थ्य उपचार, यातायात र सञ्चारको पूर्ण ग्यारेन्टी गरिएको छ । कार्यक्रम हलभित्र २ हजार ५ सय जना स्वयम्सेवक खटिएका छन्, जसमध्ये सय जना विदेशी छन् । यही कार्यक्रमका लागि सहरभरि १० हजार स्वयम्सेवक खटिएको जानकारी दिइएको छ ।

विदेशीलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएकाले पनि होला, सहर पूरै सुन्दर छ । विहान सबेरैदेखि राती अबेरसम्म कामदारहरु सडकमा खटिरहेका देखिन्छन् । सडकको सरसफाइमा विशेष ध्यान दिइएको देखिन्छ । आयोजक समितिका अनुसार, भौतिक संरचना निर्माण, सडक पुनर्निर्माणका साथै वातावरणको स्वच्छताका लागि विशेष अभियान नै चलाउने गरिएको छ ।

एक्स्पोकै लागि भनेर १८ वटा विशेष बस लाइन सुरु गरिएको छ, जसमध्ये १५ वटा नन–स्टप छन् । यसैका लागि उच्च क्षमताका छ सय बस र दुई सय ट्याक्सी थप गरिएको छ । यातायातमा सहयोग गर्न दुई सय थप कर्मचारी खटाइएको छ । दुबै कार्यक्रम पाँच दिनसम्म चल्नेछन् । कार्यक्रममा भाग लिन आएका विदेशी नेताहरुसँग चिनियाँ अधिकारीहरुले भेटिरहेका छन् ।

10 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार