Presidential

‘कर्मशील जीवन–यात्रा’ लोकार्पित


karmasil jiban yatraकाठमाडौं, १ जेठ । वरिष्ठ गायक, गीतिसर्जक एवं कथाशिल्पी जगतमर्दन थापाको आत्मकथा सँगालो ‘कर्मशील जीवन यात्रा’ को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ समालोचक, कवि प्रा।डा। मोहनहिमांशु थापाले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
प्रा।डा। थापाले उक्त कृतिमाथि टिप्पणी गर्ने क्रममा भने, ‘कतै गाथा, कतै अनुभव समेटिएको यो पुस्तक विशुद्ध र कलात्मक आत्मकथाको रुपमा आएको छ ।’ सोही कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले लेखकसँग जोडिएका पुराना संस्मरण सुनाएका थिए ।
उक्त कार्यक्रममा वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीले भने, ‘विगत ५–६ वर्षयता नेपाली बजारमा जेजति आत्मकथाका पुस्तकहरु आएका छन्, त्यसमा लेख्नेहरुले आत्मकथा नभएर आत्मप्रशंसा लेखेका पाइन्छन् । तर थापाले भने धेरै इमानदारितापूर्वक आफ्नो कुराहरु लेखेका छन् ।’ लेखक थापाले पनि आफ्नो मन्तव्यको क्रममा भने, ‘अरु मानिसका पुस्तक पढ्दा अन्य व्यक्तिलाई धेरै नै निन्दा गरेको पाइन्छ तर म भने अरुको निन्दा गर्ने कार्यबाट बँचेको छु ।’
विमोचित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै वरिष्ठ लेखक एवं चलचित्र निर्देशक प्रकाश साय्मिले भने, ‘पछिल्लो समय आत्मकथा लेखन फेसनकै रुपमा चलेको छ । तर, उम्दा आत्मकथा भने कमै पढ्न पाइन्छन् । थापाको यो आत्मकथाले भने आत्मकथाको इज्जत जोगाएको छ ।’ उनले थपे, ‘नेपाली गीत–संगीत क्षेत्रमा आएका आरोह–अवरोहलाई बुझ्नुपरे यो पुस्तक पढ्दा सहयोग पुग्नेछ ।’
सो कार्यक्रममा बोल्दै भुँडीपुराण प्रकाशनको प्रबन्ध निर्देशक केशवप्रसाद पराजुलीले पठन संस्कृतिको विकास नभएको हुँदा स्थानीय तहले पुस्तकालय स्थापना गरेर पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने बताए । सो कार्यक्रममा पुस्तकका प्रकाशक मोहितमर्दन थापाले स्वागत मन्तव्य राखेका थिए भने स्वास्थ्यकर्मी भगवती थपलियाले पनि आफ्नो मन्तव्य राखेकी थिइन् । सो पुस्तकको सम्पादन पत्रकार/साहित्यकार विवश वस्तीले गरेका हुन् ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार