Presidential

देवराजले ल्याए ‘मोनालिसा’


काठमाडौ,१४ असोज । प्रेमलाई मुख्य विषय बनाएर देवराज भन्तानाद्धारा लेखिएको उपन्यास ‘मोनालिसा’ सार्वजनिक भएको छ ।
शनिवार सर्वनाम थियटरमा आख्यानकार राजन मुकारुङ, प्रकाश गुरागाइँ र लेखक स्वयम्बाट मोनालिसा बिमोचन भएको थियो ।
देवराज भन्तनालाई एक आशा लाग्दो लेखकको रुपमा लिन सकिन्छ ।
प्रेमकथालाई मुख्य पलट बनाएर लेख्न रुचाउने गर्छन भन्तना ।
युवा पुस्तामा प्रेम बिस्तारै बिम्ब बन्दै गएको चर्चा राजन मुकारूङले औंलाए । नेपाली समाजमा आत्मियतालाई जोडेर पुरै दैहिक स्वरुप धारणा गरिसकेको यर्थाथ समेत सुनाएका थिए । प्रेमको सम्बन्धलाई फराकिलो र जीवनलाई महान बनाउन सक्ने आधार मोनालिसाले शसक्त रुपमा उठाएको छ ।
मोनालिसा उनको दोस्रो उपन्यास हो । पत्रकार प्रकाश गुरागाँइले मोनालिसामाथि टिप्पणी गरेका थिए । उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार