Presidential

तन विदेशी मन नेपाली:कुमार कार्की र उनको जीवन संघर्ष

-एलिना दुलाल

यो देशमा केही पनि हुदैन,केही पनि छैन,कस्तो देशमा जन्मिएछ ? यी र यस्ता कुरा गर्ने धेरै ब्यक्तिहरु मैले देखेकी छु र संगत पनि गरेकी छु । यसो भनि रहदा आफैलाई पनि कहिले काहीँ जीवन यात्राका संघर्षहरु र देशको वातावरण देख्दा हातमा पासपोर्ट बोकेर तिनै तमाम नेपाली युवाको माझमा मिसिउँ र एक चोटी यो देश छोडे पछि कहिल्यै नफर्कीउँ भन्ने खालको भावना नआएको हैन ।
हामी नेपाली हुनुमा संसारकै दुर्भाग्य पुर्ण ठान्नेहरुका लागि आफ्नो जिवन कालमा एक चोटी जसरी भए पनि यही भूमीको माटो टेक्ने ठुलो अभिलासा लिएर प्रतिक्षारत तथा चाहना अधुरो नै छोडेर स्वर्गिय भएको ठुलो जमात छ र थियो भन्दा पत्यार नलाग्न पनि सक्छ ।
नेपाली भूमीसँगको नाता करिव सय वर्ष पुरानो बनि सकेको छ । न त यहाँ कोही आफन्त न त कुनै आधिकारीक परिचय पत्र । राष्ट्रले तपाइँ लाई विदेशि नागरिकलाई गर्ने ब्यवहारनै गर्छ,तर तपाई आज पनि आफुलाई नेपाली भन्नु हुन्छ । नेपाली भाषा र संस्कृती प्रतिको लगाव आज पनि उत्तिनै छ । देश दुखेको बेला तपाइँको मनमा आधि आउँछ,छटपटीले पल पल सताउछँ र तुरुन्तै चाँजो पाँजो मिलाएर यो देशमा आउनु हुन्छ र माटोलाई नमन गर्दै तमाम नेपालीको आसुँ पुछ्नु हुन्छ, भने तपाइँ वास्तविक राष्ट्र भक्त हो,वास्तवमै नेपाली सपुत हो ।
सफल ब्यवसायी तथा समाजसेवी कुमार कार्कीले आफ्नो परिचयलाई अब यतिमा मात्रै सिमित राखेनन् । आफ्नो आख्यान कृति नेपाली भाषामा प्रकाशन गरेर नेपाली साहित्य जगतमा आफ्नो उपस्थिती दर्शाएका छन् । मिठो शैलीमा आफ्नो जन्मभूमी म्यानमार,कर्मभूमी थाइल्याण्ड र पितृभूमी नेपाल बताउने कुमारको यो कृति निक्कै सफल रहने आकँलन गर्न सकिन्छ ।
विदेशी भूमीमा जन्मिनु, कर्म गर्नु र आफु सफलताको उचाइमा पुगेपछी पितृभूमीको सम्मानमा उल्लेखनिय कार्य गर्नु आफैमा स्वागत योग्य छ । उनले आफ्नो कृतिमा आफ्नो जीवनका आरोह अवरोह र सफलताको स्वाद चाख्दाको आनन्द बडो कौशलता पुर्वक पस्किएका छन् । उनको जीवन संघर्ष का पानाहरु पल्टाउदा कतै पाठक हर्षले गदगद् हुन्छ त कतै आङ्ग सिरिङ्ग हुन्छ ।
परिवन्धमा परेका कारण अत्याधिक चाहना हुदा हुदै पनि आफुले पढाइ छोड्नु परेकोमा उनले दुख ब्यक्त गरेका छन् । साथै भन्छन्,“आज सम्म जे जति काम गरेँ र अनुभव लिएँ यो नै मेरो विश्व विद्यालय हो ।” साच्चै उनको अनुभव र सफलताको कथा पढ्दा उनी आफैमा विश्वविद्यालय हुन की भन्ने भान हुन्छ । अठार वर्षको उमेर सम्म डिले नामले चिनिने ठिटो कसरी आजको सफल कुमार कार्की बन्यो ? भन्ने वृतान्त उनले कृतीमा उनेका छन् ।
कृति पढ्न थाले पछि एक छिन् पनि रोकीन मन लाग्दैन् । अत्यान्तै रोचकताले भरिएको कुमारको जिवनका भोगाइले तानि रहन्छ । मैले पनि एक बसाइमै पढी सकेँ र पढी सकेँ पछी नलेखि बस्नै सकिन । यसरी पाठकको मन खिच्नु उनको ठुलो खुवी जस्तो लागेको छ ।
कुमारको जीवन संघर्ष पढी रहदा उनका पूर्खा नेपाली भूमीको स्पर्श मात्रकै लागी कति ललाहित थिए भन्ने यतार्थ थाहाँ पाउँदा साच्चैनै सम्मान बढेर आयो । हामीले कहिले काहिँ सडक बाट देखाउने राष्ट्रवाद र कुमारका पुर्खामा रहेको राट्रवाद एउटै होला त ? हामीले वारम्वार धिक्कार्ने गरेको देशको बारेमा सुन्न हरेक साझँ हजारौँ वालवालिकाहरु आफ्ना बाजे बज्यैको नजिकै कान ठाडोँ पारेर बस्छन्, कथामा सुनेको नेपालको जिवित चित्र कल्पनामा आफ्नै मन भित्र कोरेर आफैमा रमाउँछन् । यो हुन सक्छ ? मैले पनि आफैलाई प्रश्न गरेँ ।
कुमारको यो कृति विल्कुलै पहिलो कृति हो । उनले ब्यवसाय र सामाजिक काममा अत्यान्तै ब्यस्त रहदा पनि पुस्तक लेखनलाई समय छुट्टाएका छन् । यो आफैमा खुसिको कुरो हो । वर्माका नेपाली,थाइल्याण्ड तिरको यात्रा,थाइ नेपाली समाजको उत्थान र विकास तथा नपाली समाज र नेपालसँग जोडिने जमर्को गरी चार खण्डमा छुट्टाएर रोचक तरिकाले विषय वस्तुलाई सलल बगाएर प्रस्तुत गर्नु उनको खुवि देखियो ।
कृति सम्पुर्ण हिसाबले एकदमै उत्कृष्ट देखिए पनि कता कता साहित्यीक रसमा पुर्ण डुब्न नसकेको हो की भन्ने भान भएता पनि यो कृति नितान्त कुमारको जीवन संघर्षकै दस्तावेज भएको र उनी विशुद्ध नयाँ लेखक भएको कारण त्यो पक्षलाई सामान्य रुपमा लिन सकिन्छ ।
आफ्नो जीवन यात्राको यतार्थ पस्किन भने कुमार कतै पनि चुकेका छैनन् । इमादारिता पुर्वक सघंर्षका पानाहरुलाई पल्टाएका छन् ।
कुमारको यस कृति एउटा सामान्य आख्यान मात्रै नभएर उनको वास्तविक जीवन संघर्षको दस्तावेज भएका कारण धेरैका लागी प्रेरणाको स्रोत त बन्न सक्छ नै त्यो भन्दा पनि महत्वपूर्ण कुरा यसले म्यानमार,नेपाल र थाइल्याण्डको त्रिदेशिय राष्ट्रगत सम्बन्ध र जनगत सम्बन्धलाई जोड्न सेतुको काम पनि गर्नेमा आश्वस्त हुन सकिन्छ ।
कहिल्यै नझुक्ने,उच्च शिर बोकेर नेपाली गाथालाई विदेशी भूमीमा पनि जोगाइ राख्नु र आफ्ना सन्ततीमा विशुद्ध नेपाली संस्कार सम्पे्रसण गर्न सक्नु वास्तवमै पूज्य कर्म हो । कुमारका पुर्खाले त्यही गरे जसबाट उनी नेपाली बने । र्
िपतृ भूमीको भाषा भएकाले नेपाली भाषा उनलाई औधी मन पर्छ । त्यो समय आज जस्तो प्रविधिमय थिएन । कता कता बाट नेपाली गित त्यहाँ पुग्थ्यो कहिले काहीँ,त्यसलाई बडो जतन पुर्वक राख्थ्यौ र सुन्थ्यौ । उनले पुस्तकमा लेखेका छन् । नेपाली भाषा प्रतिको मोह उनले पुस्तकमा राम्ररी उल्लेख गरेका छन् ।
कुमारको नेपाली भाषा प्रतिको मोह उनकोे पहिलो कृति नेपालीमा छापिनुले पनि प्रष्ट पार्दछ । उनले नेपाली भाषामा आफ्नो संघर्षको गाथा पस्किएर वास्तवमै नेपाली युवालाई ठुलो गुन लगाएका छन् । मानिसको जीवनमा कति सम्मको संघर्ष हुन सक्छ र धैर्यताका साथ कर्ममा विस्वास गर्ने इमान्दार ब्यक्तिका लागि कसरी सफलताले पछ्याउछ भन्ने यतार्थ उनको जीवन संघर्ष बाट बुझ्न सकिन्छ ।
उनले आप्mनो पितृभूमी नेपाललाई यति मात्रै गुन लगाएका छैनन् । उनको गुन यो देशले कहिल्यै भुल्ने छैन । हाल थाइ नेपाली संघको अध्यक्ष रहेका कार्की वास्तवमै कोमल मन भएका नेपाली सपूत हुन् । जब २०७२ सालको बैशाख १२ यो देशका लागी कालो दिन सावित भयो , जब महाभुकम्पले देश रोइरहेको थियो । उनले त्यो हेरि रहन सकेनन् । उनीसँगै थाइ नेपाली संघमै आवद्ध साथिहरुले देशको आँसुको एक ढिक्का भए पनि पुच्छने निर्णय गरेँ र नेपाल आएँ । “त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए पछि माटोलाई ढोगेँ र आफ्नो पुर्खाको भूमी टेक्न पाएकोमा गर्व गरेँ,तर भुकम्पको पीडा देख्दा मन दुखेर आयो । त्यस पछि सिन्धुपाल्चोक जिल्लाको माझिँ वस्ती निमार्णमा हामी जुट्यौ” उनले पुस्तकमा लेखेका छन् ।
कुमारले नेपालमा नजन्मेर पनि नेपाली भाषा र संस्कृति सिकाउने परिवार र नेपाली समाजलाई आफ्नो कृति सर्मपण गरेका छन् ।
कृतिको भुमिकामा डा.चिन्तामणि योगीले भने जस्तै “ऊ(कुमार कार्की) हाम्रो सजातिय बन्धु हो,नेपाल हाम्रो शान हो , ऊ हाम्रो सन्देशवाहक हो,ऊ हाम्रो अवैतनिक राजदुत हो ।” वास्तवमै कुमार कार्कीले पितृभूमी प्रति आफ्नो इमान्दारिता देखाएका छन् । पिताको काखँमा लुटपुटी रहेका छन् । नेपाली मन र नेपाली पन सदा रहोुस्् शुभकामना ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार