Presidential

सिमानाको सालिक’ लोकार्पण


 

काठमाडौँ, १६ भदौ । युवा साहित्यकार गीता पुडासैनीको कविता सङ्ग्रह ‘सिमानाको सालिक’ आज यहाँ सार्वजनिक गरिएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठान र बुक सेलरले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय समाचार समिति ९रासस० का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष डा विन्दु शर्मा र समीक्षक महेश पौड्यालले संयुक्त रुपमा सो सङ्ग्रहको लोकार्पण गरेका थिए ।

सो अवसरमा अध्यक्ष श्यामलले पुडासैनीले कवितामार्फत समाजमा भएका नराम्रा घटना र विद्रोहचेतलाई उजागर गरेको बताए ।

आजकल कवि बन्ने रहरमा धेरैले शब्दको मर्म नबुझी कविता लेख्ने गरेको भन्दै उनले पाठकलाई प्रभाव पार्ने किसिमले मौलिक कविता लेख्नुपर्नेमा जोड दिए ।

‘‘चिन्तन, विकास र अनुभवलाई समेटर कविले सामान्य रुपमा कविता लेखेका हुन्छन्’’ श्यामलले भन्नुभयो, ‘‘तर मिहिनेत गरेर आफूलाई हिँडाउन सक्ने र समाजलाई चेतना दिनसक्ने खालको कविता लेख्नमा बढी ध्यान दिनुपर्छ ।’’

डा शर्माले कवयित्रीले समाजमा देखिएका उत्पीडन र विभेदका बारेमा कवितामा चित्रण गरेकी बताए ।

उहाँले पछिल्लो समयमा समानान्तर रुपमा पुरुष लेखकसँगै गुणात्मक तरिकाले महिला लेखकले साहित्य सिर्जना गरेको चर्चा गर्नुभयो ।

समालोचक पौड्यालले लेखकले नयाँ कुरा र विम्बको प्रयोग गरेर कविता लेखेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा लेखिका पुडासैनीले २०७० सालपछि आफूले समाजमा देखेका र भोगेका कुरालाई आधार बनाएर कविता लेखेको बताईन्।

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कवितामा ‘सगरमाथाको सम्बोधन’, ‘आइमाई, आमा र पत्नी’, ‘सिमानाको सालिक’ ‘प्रयोगशालाबाट फर्कदा’, ‘बधशाला र फूलहरुको मृत्यु’ ‘विस्थापित जिन्दगी’ लगायत ३० वटा कविता छन् ।
–––

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार