Presidential

साहित्य सन्ध्यामा ‘उत्तर आधुनिकतावाद’

५ असार । साहित्य सन्ध्याको ३ सय ६१ औँ शृङ्खला अन्तर्गत उत्तर आधुनिकतामाथि छलफल भएको छ । प्राज्ञ डा.अमर गिरीले ‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ विषयमा पेस गरेको कार्यपत्रमाथि छलफल भएको थियो ।

गोष्ठीमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य डा.षडानन्द पौडेलद्वारा लिखित ‘देवव्रतको नेपाल यात्रा’ कविता सङ्ग्रहको लोकार्पण एवम् परिचर्चा गरिएको थियो । गोष्ठीमा ३६ जना कविले कविता वाचन गरेका थिए ।

प्रा.जगत् उपाध्याय प्रेक्षित, डा.नारायण गड्तौला, उपप्रा.मुक्तराज उपाध्याय, बुद्धिजीवी परिषद्का सचिव चन्द्रबहादुर के.सी., युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, वरिष्ठ कवि पूर्ण विराम, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डे, शब्द संयोजन साहित्यिक मासिकका सम्पादक शीतल गिरी, उमेश उपाध्याय, कणाद महर्षि, डिल्लीराज अर्याल, स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डेय, साहित्यकार विष्णुप्रभा उपाध्याय, डा.षडानन्द पौडेलका परिवारका सदस्यहरू रमा पौडेल, ई.राजेन्द्र पौडेल, हेमनाथ पौडेल, सङ्गीता तिमिल्सिना, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ लगायत उपस्थित थिए ।

‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ विषयमा चर्चा गर्नु हुँदै समालोचक, कवि प्राज्ञ डा.अमर गिरीले नेपाली प्रगतिशील साहित्यको अध्ययन २००७–२०१६, २०१७–२०४५ र २०४६ यता गरी तीन चरणमा विभाजन गरेर गर्न सकिने उल्लेख गर्दै २०३४ मा प्रारम्भ भएको लीला लेखन (विनिर्माणवाद) पश्चात उत्तर आधुनिकतावादको प्रारम्भ भएको मान्न सकिने विचार व्यक्त गर्नुभएको थियो । २०४६ पछि त्रिभुवन विश्वविद्यालयले यो विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययन, अनुसन्धान, व्याख्या, विश्लेषण गर्न थालिएको र २०६२–६३ पछि यसको प्रभाव अझ बढी देखिएको उल्लेख गर्दै उहाँले उत्तर आधुनिकतावादको जमेर प्रतिवाद गर्ने कार्य चाहिँ प्रगतिवादले नै गरेको बताउनुभयो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार