Presidential

पारिजात केन्द्रद्वारा विभिन्न सम्मान घोषणा


५ वैशाख । पारिजात स्मृति केन्द्रले २०७३ सालको विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ ।

‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४ आँै स्मृति दिवसका अवसर पारेर सो केन्द्रले ती सम्मान घोषणा गरेको हो । केन्द्रका सदस्य सचिव स्नेह साय्मिका अनुसार ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ बालसाहित्यकार विजय चालिसेलाई र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ महिला नेतृ शशी श्रेष्ठ र ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई गरिने निर्णय भएको छ ।

सबै सम्मानमा १५ हजार राशिको पुरस्कार पनि रहेको छ । ती सम्मान यही वैशाखको अन्तिम सातामा दिइने कार्यक्रम रहेको बताइएको छ । स्मृति दिवसका अवसरमा मंगलबार केन्द्रको म्हैपीस्थित कार्यालय परिसरमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार