Presidential

श्याम तमोटका दुई गीत


१.
पहाडका कुरा भए, मधेसका कुरा
बिर्सिसके हाम्रो लिपुलेक र लिम्पियाधुरा

राज गर्ने ठाउँ कोही रोजी रहेछन्
ओत लाग्ने ठाउँ कोही खोजी रहेछन्
दिनरात सीमा अनि प्रदेशका कुरा
बिर्सिसके हाम्रो सुस्ता अनि महेसपुर

खडेरीमा धाँजा फटाई वर्षातमा डुबान
ढालिदिन्छ सीमा खम्बा उठाउँदैमा हैरान
भन्नलाई साथी भन्छ तर हान्छ छुरा
कता गए खुर्दलोटन, महुली बाँधका कुरा

२.
झरनाको सङ्लो पानी भई बग्छु भन्थ्यौं
कतै बाढी भयौ कि त आफैसँग सोध
कोही मखमली भन्लान्, कोही सूर्यमुखी ठान्लान्
काँडे झाडी भयौ कि त आफैसँग सोध

सपनाका बस्तीहरु धेरै बाँडिदियौ
खोला तरी लौरोजस्तै साथ छाडिदियौ
पहाड भई लालीगुराँस फुलाउँछु भन्थ्यौ
सिस्नुघारी भयौ कि त आफैसँग सोध

आशैआशमा अल्झाएर धेरै राखिसक्यौ
आकाश छुने भाकलहरु धेरै भाकिसक्यौ
जहाज भई उडी चाँडै लक्ष्य छुन्छु भन्थ्यौ
थोत्रो गाडी भयौ कि त आफैसँग सोध

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार