Presidential

अस्ट्रेलिया पुगेर वसन्तले सुनाए कविता

 १२ असार । प्रेम र सद्भावका कवितामा रमाउने कवि वसन्त चौधरीले अस्ट्रेलिया पुगेर नेपाली समुदायलाई आफ्ना रचना सुनाएका छन् । सिड्नी र मेलबर्नमा नेपालीहरुका बीचमा उनले कविता सुनाएका थिए ।

कवि चौधरीले शनिबार सिड्नीमा कविता सुनाएका थिए । उनका कविता सुनेपछि एनआरए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भने, ‘मन छुने साहित्यिक प्रस्तुतिले आनन्द आयो ।’ एनआरएन आईसीसी सदस्य बालचन्द्र भट्टराईले थपे, ‘तिख्खर मायाका कविता समेटिएको यस्तो साहित्यिक कार्यक्रमले वास्तवमा नै नौलो अनुभूति र स्वाद बाँडेको छ ।’

सिड्नीबासीलाई आफ्ना एकल सिर्जना पस्कन पाउँदा साहित्यकार चौधरी पनि उत्साहित देखिन्थे । उनले भने, “म तपाईहरूको माया र स्नेहले नै सिर्जनाका शब्दहरू बुन्ने गर्छु ।” उनले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपालीबीच जीवन्त राख्ने अभिप्रायले विश्व काव्य यात्रा प्रारम्भ भएको बताए ।

Sydney (3)
सिड्नीमा कबिता सुन्न स्थानीय साहित्यप्रेमीलगायत समाजसेवीहरुको घुइँचो लागेको थियो । प्रारम्भमा न्यू साउथवेल्स राज्यका महाबाणिज्यदूत दिपक खड्काले कवि, उद्योगपति बसन्त चौधरीलाई खादा र मालाले स्वागत तथा सम्मान गरेका थिए ।

सिड्नीस्थित प्रवासी नेपालीहरूद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’ आयोजक रहेको उक्त काव्यिक कार्यक्रम कवि÷गीतकार चौधरीको १७ औं शृङ्खला थियो । उक्त कार्यक्रममा सिड्नीमा रहेका समीर आचार्य, सुजाता उपाध्याय मानन्धर र सञ्जीव पराजुलीले आफ्ना सुमधुर स्वर मार्फत् कवि÷गीतकार चौधरीका गीतहरू प्रस्तुत गर्दा वातावरण निकै रोमाञ्चक बनेको थियो ।

यो साताको साहित्य डट कम संयोजक रहेको कवि÷गीतकार चौधरीको एकल विश्व काब्य यात्रा सिड्नी श्रृंखला सकिए लगत्तै चौधरी नेपालीहरूको बाक्लो उपस्थिति रहेको अष्ट्रेलियाको अर्को ठूलो सहर मेलवर्न हुँइकिए र त्यहाँका दर्शकश्रोतालाई पनि प्रसन्न तुल्याए ।
गत असार १० गते शुक्रबार भने कवि चौधरी र चर्चित १० अष्ट्रेलियन कविहरूबीच नेपाल–अष्ट्रेलिया काब्यिक अन्तक्र्रिया भएको थियो, जसमा अङ्ग्रेजीमा अनूदित बसन्तका केही कविताहरूले प्रतिनिधित्व गरेका थिए । आजै अर्थात् असार १२ गते आइतबार अष्ट्रेलियाको मेलवर्नस्थित थर्नबरी नाट्य मञ्चमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चर (सोलाङ्चर) को आयोजनामा कवि÷गीतकार चौधरीको विश्व काव्य यात्राको १८ औं श्रृङ्खला प्रस्तुत गरियो । उक्त दुबै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केहि चर्चित पुराना गरी डेढ दर्जन काब्यिक बाँन्कीहरू प्रस्तुत गरे भने त्यसै अवसरमा मेलवर्नमा रहेकी स्मृति पोखरेलले आफ्नो कोकिल कण्ठमार्फत् कवि चौधरीका चर्चित गीतहरू गाएकी थिइन् ।

कवितालाई आफ्नो दोस्रो जन्मभूमि ठान्ने कवि चौधरीका कविता सुन्न अष्ट्रेलियामा भेला भएका साहित्यिक श्रोताले निमग्न भएर झण्डै एक घण्टा उनका कविता र गीतहरूको रसास्वादन गरेका थिए । स्थानीय साहित्यकारहरूका अनुसार कुनै पनि नेपाली काव्यगोष्ठीमा यति धेरै दर्शक उपस्थित भएको यो पहिलो अवसर हो । सधँै कामको चटारोमा हुने अष्ट्रेलिया जस्तो व्यस्त ठाउँमा यति धेरै चासो लिएर दर्शकश्रोता उपस्थित हुनु त्यहाँका नेपालीहरूको कवि बसन्त चौधरीको कविताप्रतिको सम्मोहन भएको अष्ट्रेलियामा बसोबास गर्दै आएका साहित्यकार निष्प्रभ सजीको भनाइ थियो ।

10 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार