Presidential

हरेक तीन महिनामा ‘कथालय’ निस्किने


२४ जेठ । घनश्याम ढकाल स्मृति प्रतिष्ठानले कथाप्रधान त्रैमासिक पत्रिका ‘कथालय’ प्रकाशन गर्ने भएको छ । दिवंगत कथासर्जक ढकालको स्मृतिमा खोलिएको सो प्रतिष्ठानले निकट समयपछि नै ‘कथालय’ निकाल्न लागेको हो ।

समाजवादी यथार्थवाद धारमा कथा लेख्ने सर्जकहरुलाई समेट्ने उद्देश्यले ‘कथालय’ निकाल्न लागिएको सो प्रतिष्ठानका अध्यक्ष आहुतिले बताए । मंगलबार राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा साहित्यकार आहुतिले भने, ‘अहिले चरित्र निर्माण मुख्य पक्ष रहेको हुँदा कथामा चरित्र निर्माण होस् भनेर हामीले आख्यानमूलक पत्रिका निकाल्न लागिरहेका हौं ।’

सो कार्यक्रममा प्रगतिशील समालोचक निनु चापागाई, डा. राजेन्द्र सुवेदी, डा. ताराकान्त पाण्डेय, डा. गोपिन्द्र पौडेल, कथाकार हरिहर खनाल, स्नेह साय्मिलगायतले आफ्ना विचार राखेका थिए ।

सो पत्रिकाको प्रधानसम्पादक प्राज्ञ मातृका पोखरेल, कार्यकारी सम्पादक विष्णु ज्ञवाली र सम्पादक मण्डलमा सीता शर्मा, गुरुङ सुशान्त र श्याम साह रहेको कुरा सो कार्यक्रममा जानकारी गराइएको थियो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार