Presidential

मदन पुरस्कारका लागि नौ योग्य कृति चयन


२५ असार । मदन पुरस्कार गुठीले यो वर्ष मदन पुरस्कारका लागि योग्य ठहरिएका पुस्तकहरुको सूचि सार्वजनिक गरेको छ । गएको वर्षदेखि पुरस्कार पाउन योग्य कृतिहरुको सूचि सार्वजनिक गर्न थालेको सो गुठीले यस पटक नौ वटा पुस्तकको सूचि सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका पुस्तकहरुमा नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’, राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’, सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’, हरि अधिकारीको ‘प्रतिनायक’, घनश्याम कँडेलको ‘घृतराष्ट्र’, जय छाङ्छाको ‘दोहाको सिधा उडान’, शरद पौडेलको ‘तपन’, राज सरगमको ‘छाउघर’ र पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख र गुहाचित्र एवं अन्य सम्पदा’ रहेका छन् ।

गएको वर्ष रामलाल जोशीको कथाकृति ‘ऐना’ ले मदन पुरस्कार पाएको थियो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार