Presidential

पद्मश्रीले छान्यो उत्कृष्ट पाँच


६ साउन । मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि योग्य नौ वटा कृति छानेको केही समयपछि नै अर्को प्रतिष्ठित पुरस्कार पद्मश्री साहित्य पुरस्कारका लागि पाँच वटा कृति छनोट गरिएका छन् ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारका लागि पाँच वटा कृति चयन गरिएका हुन् । चयन भएका कृतिहरुमा जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमाण्डू, राज सरगमको छाउघर, नवीन विभासको रोल्पा सुइना र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेका छन् । सो कुरा प्रतिष्ठानका संरक्षक जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार