Presidential

पराजुलीलाई पद्मश्री पुरस्कार र घिमिरे र शर्मालाई साधना सम्मान


१५ भदौ । २०७३ सालको पद्मश्री पुरस्कार कवि नवराज पराजुलीलाई र पद्मश्री साधना सम्मान साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान, चितवनले हरेक वर्ष प्रदान गर्दै आइरहेको पुरस्कार यस पटक कवि पराजुलीको कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ लाई प्रदान गर्ने निर्णय गरेको हो । यसअघि सो प्रतिष्ठानले पुरस्कारका लागि योग्य ५ वटा कृति छनोट गरेको थियो ।

साधना सम्मान भने लामो समयदेखि साहित्य सिर्जना, साहित्यिक पत्रिकाको सम्पादन–प्रकाशन र स्रष्टाहरुलाई निरन्तर प्रोत्साहन गरिरहेका कारण घिमिरे र शर्मालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । घिमिरे ‘रचना’ र शर्मा ‘अभिव्यक्ति’ का सम्पादक हुन् । शर्मा अहिले नेपाल साहित्यिक पत्रकार संघको अध्यक्ष छन् भने घिमिरे सोही संस्थाका पूर्वअध्यक्ष हुन् ।

पुरस्कार र सम्मान दुवैको राशी २ लाख रुपियाँ रहेको छ । पुरस्कार र सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जनाएका छन् ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार