Presidential

सर्जकमाथि सर्जक–दृष्टि

आफ्ना प्रिय सर्जकले जीवनका अन्तिम क्षणहरू कष्टप्रद रूपमा गुजारिरहेको दृश्यले अर्का सर्जकलाई कति पीडा दिलाउ“दो हो ? कुनै समय स्थापित कवि भूपि शेरचनस“ग नेपाली कविता लेखनमा भर्खरै बामे सर्दै गरेका श्यामल अत्यन्तै नजिक थिए । वामपन्थी चिन्तन धरातलबाट अलग रहेर आफ्नै साधनामा तल्लिन भूपिस“ग श्यामलले जीवनको उत्तराद्र्धतिर सान्निध्य बढाएका थिए । भूपिस“ग केही वर्ष निकट रहेका र उनको काव्य मैदानलाई राम्ररी पछ्याएका श्यामलले आफ्ना प्रिय कविमाथि लेखे– ‘एउटा बम हानिएको सृष्टिमाथि÷आज÷मौन कोठामा बसिरहेछ÷मौन टेलिफोन÷र, सिरानीस“गै बसिरहेछ÷तिम्रो अन्तिम मित्र, अक्सिजन सिलिन्डर÷कामुको पात्रझैं÷यातना ग्रहण गरिरहेको÷अस्ताचलको प्यारो सूर्य÷जति बमहरू परे पनि÷कहा“ मर्छन् ती÷कविताका किताबहरू ।’
कवि श्यामलको यो कविताले भूपिका जीवनका अन्तिम स्थिति स्पष्ट पार्छ । मृत्युसित सम्झौता गर्ने तहसम्मै ओर्लिएका भूपिप्रति उनले लेखेका काव्य पंक्तिले के प्रस्ट पार्दछ भने कुनै पनि सर्जक वा स्रष्टामाथि काव्य सिर्जना गर्नु रोमाञ्चक र कठिन दुवै छ । किनकि, व्यक्तिबारे आख्यान लेख्न जति सहज छ, कविता लेख्न कयौं गुणा कठिन र दुःसाध्यसमेत छ ।
श्यामलले आफ्ना प्रिय कवि भूपिमाथि कविता रचे पनि स्वयं भूपिले पनि विश्वविख्यात नेता र देशभित्रकै जनतालाई समर्पण गर्दै कविता कोरेका थिए । जब भियतनाम युद्धको बेला अमेरिकी सेनाले राजधानी हनोईमाथि भीषण बम वर्षा गरे, हजारौं भियतनामीलाई मृत्युतिर धकेले र लाखौं परिवार आश्रयहीन हुन पुगे । एउटा शक्तिराष्ट्रले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको युद्ध लडिरहेको एउटा देश, कम्युनिस्ट देशमाथि अनावश्यक युद्ध थोपर्ने कृत्य ग¥यो । ‘हो ची मिन्हलाई चिठी’ लेखेर भूपिले सद्भाव प्रकट गरेका थिए, यसरी–‘तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु÷तिम्रो प्रत्येक पलको टुटाइमा म टुटेको छु÷तिम्रो प्रत्येक गोलगोल मंगोल अनुहार भएकी÷आइमाईको बेइज्जतीमा÷मैले आफ्नी पत्नी र दिदी–बहिनीहरूलाई÷बाटोमा निर्वस्त्र देखेकी छु ।’

कवि कृष्णभूषण बल बितेको केही वर्ष भयो । तर, उनीद्वारा नेपाली गीत–संगीत क्षेत्रका एक सक्रिय प्रतिभा गणेश रसिकमाथि लेखिएको कविता अत्यन्तै सुन्दर छ । सुन्दर, मीठास र सुललित भाषा, शैलीमा लेख्ने बलले रसिकमाथि यस्ता रसिला शब्दहरू कोरेका छन्–‘तल ब्या“सीतिर फुल्ने पहाडझैं बादलहरू उनको सरगम हो÷घरैमुनि रोइरहने न्याउली उनको संगीतको सुर हो÷लाग्छ, सल्लाको सुसाहट र एकजोर कुर्ले ढुकुर उनको एकान्त हो÷निर्जन एक्लै र परको सानो बजार उनको दिनचर्या हो ।’
जीवनको मध्याह्नमै अस्ताएका प्रतिभा हुन्– जीवन आचार्य । झापाका चर्चित स्रष्टा कमल जंगली उनै आचार्यका श्रद्धेय पिता । स्रष्टा अझ त्यसमा पनि आफ्नै पितालाई विम्बको मैदानमा उभ्याउनु त्यति सजिलो विषय हुन सक्दैनथ्यो । तर, भावनाले अ“ठ्याएपछि कसको के लाग्छ र ? ‘कमल जंगली’ शीर्षक कवितामा जीवनले आफ्ना पितालाई यसरी उभ्याएका थिए, कुनै बेला–‘कमल जंगली धुजाधुजा भएर फाटेको छ÷हाकिमको निरीक्षणमा आदेशका दान र तोकका धर्म आवाजले÷कमल जंगली झुत्रोझाम्रो र हजारौं वर्षको इतिहास जीर्ण छ÷उसको घर दुईपट्टि अग्ला ढुंगाघरको बीचमा÷तरुल भएर चेप्टिएकाले ।’

विजय सुब्बा, एक राजनीतिककर्मी र सर्जक पनि हुन् । पञ्चायतकालीन कठोर दिनहरूदेखि गणतन्त्र स्थापना भएका क्षणसम्म उनले आफ्नो सिर्जना संसारलाई फराकिलो र घनीभूत तुल्याउ“दै आए र अहिले पनि उनी सिर्जना र राजनीतिक कर्ममै निर्लिप्त छन् । अर्का सर्जक राम विनयले उनीमाथि पोखेका काव्य अनुभूतिले बेग्लै स्वाद दिन्छ– ‘म विजय सुब्बा÷मैले म्याङलुङ बजार÷जलिरहेको हेरिरहें÷संवेदनाहीनको आ“खाले टोलाइरहें÷म विजय सुब्बा÷निर्वाचित सांसद÷निवर्तमान भएर उभिइरहें÷विनासंसद्÷विनासंविधान÷विनानिर्वाचन÷विनाआचारसंहिता÷विना बारुणयन्त्र÷हुरुरु आगोमा सल्किएको÷देश जलिरहेको हेरिरहें ।’
कलाकर्मी थिए, मञ्जु कु“वर । सानी र छरिती । माओवादी जनयुद्ध चम्किरहेका बेला हातमा गितार बोक्दै गाउ“बस्ती चहार्थिन् उनी र आफ्ना सुरिलो आवाजले जनयुद्धका गीतहरू गाउ“थिन् । तर, युद्धकालमै राज्यसत्ताको सिकार बनिन् उनी । अनेकोटमा मारिएकी ती कलाकारप्रति कवि पूर्णविरामको यस्तो खरो काव्यानुभूति जन्मिएको थियो– ‘खु्रस्चेभको मुर्दा शरीरबाट निस्केका कीराहरू दौडेर÷मलाई अनेकोटमा जिउ“दै पोलेको तिमीले देख्यौ कि देखेनौ ?÷अनेकोटमा मलाई जिउ“दै जलाएको÷तिमीले देख्यौ कि देखेनौ ?÷म झ्वा“लामा उफ्रिरहेको समयमा÷मेरो शरीरमा जालन्धरको इसारामार्फत÷बर्सेका गोलीका आवाजहरू÷तिमीले सुन्यौ कि सुनेनौ ?’

भारतका जनवादी कवि नागार्जुनले जीवनभर सत्ताको विरोधमा आफूलाई उतारिरहे । सत्ता विरोधी कविको पहिचान बनाएका उनले ग्रामीण क्षेत्रका किसानहरूको दयनीय अवस्थाका साथै किसानहरूले उठाएको आन्दोलनका पक्षमा पनि थुप्रै कविता लेखे । यायावर जिन्दगी बिताएका तिनै कवि नागार्जुनलाई नेपालका कवि राजकुमार केसीले भने विशिष्ट मूल्यांकन गरेका छन् । केसी लेख्छन्– ‘कहिले नझुकेको÷विशाल पर्वतजस्तै अटल तिम्रो शिर÷नील सागरजस्ता गहिरा तिम्रा आ“खाहरू÷निस्तब्ध आकाश हेरेर टोलाइरहेझैं लाग्यो÷तिमी टाढा कतै टाढा भए पनि÷ नागार्जुन ! म तिमीस“गै भएजस्तो लाग्थ्यो ।’ मनु मञ्जिल, अहिलेका सशक्त हस्ताक्षर हुन् । पछिल्लो समयका प्रभावशाली कविका रूपमा गनिन्छन् पनि । उनले अग्रज कवि मोहन कोइरालालाई विम्बको क्षितिजमा यसरी टा“ग्न रुचाएका छन् ः
भर्खरै समयले
यौटा तारा
एस्ट्रेमा निभाएर गएको छ ।
बगैंचाको
नौलो यौटा फूल खसेर
पत्थर भएको छ
अहिले शून्यले
लिएको छ
नदी किनाराको माझीको गाउ“
पतझर
अब सुरु भएको छ ।’

5 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार