Presidential

नगुमून् अरू खेमराजहरू

विवश बस्ती

प्रतिभासम्पन्न युवा गायक खेमराज गुरुङको दुःखद मृत्युवरणपछि नेपाली संगीत जगत्ले ठूलै क्षतिको आकलन गरेको अहिले सर्वत्र महसुस हु“दै छ । ठेट, मौलिक र ग्रामीण जनजीवनको प्रतिविम्ब उतार्ने गीत÷संगीतमा सुमधुर आवाज भर्ने गुरुङ नेपाली संगीत क्षितिजमा अल्पअवधिमै चम्किने प्रतिभामध्ये थिए । अरुण उपत्यका र त्यसवरिपरिका भेकका लोकभाकालाई विश्वव्यापी रूपमै प्रवाह गर्ने श्रेय पाएका उनले केवल थोरै गीत गाए । तर, जति गाए, जनढुकढुकीलाई छोएरै, समातेरै गाए ।
त्यसो त नेपाली लोकगीत÷संगीत वृत्तमा स्थानीय भाका र लयलाई सजाएर विशिष्टता कायम गर्ने सर्जकहरू कम नै छन् । जति छन्, ती सबैले अरूका भाका सापटी लिएर आफूलाई चर्चित बनाएका छन् । तर, गायक गुरुङले भने जे–जति भाकामा आफ्ना स्वर भरे, ती सबैमा पुर्बेली लय र जनजीवन अंकित रहे । जब केही गायकले पुर्बेली भाकालाई पूरै व्यवसायीकरण गरेर त्यस भेकमा लोकसंगीतलाई पुरै बिथोल्ने अभियान नै चलाएका थिए, पुर्बेली लयलाई काठमाडांैंका स्टुडियोहरूका कोठाहरूमा सीमित तुल्याएका थिए, सम्भवतः त्यहीबेला नै खेमराजले पुर्बेली भाकालाई टपक्कै टिपेर आफ्नोपन र लय दिन चाहे । तर, पुर्बेली भाकालाई जीवन्तता प्रदान गर्ने ती लोकगायक, लोकढुकढुकी अब हामीबीच रहेनन् । उनका ढुकढुकी अब कहिल्यै पनि ब्यु“तिनेछैनन् । अल्पायुमै नेपाली गीत÷संगीतलाई अपार गुण लगाएर बिदा भए । एक विशुद्ध गायक मात्र थिएनन्, खेमराज । खासगरी पूर्वी भेकका जनताका दुःख, सुख, वेदना, उत्पीडनलगायत पक्षका सम्प्रेषणका माध्यम पनि बनेका थिए । जसरी, ३० को दशकमा झलकमानहरूले गण्डकी भेगका जनताका दुःख, वेदनालाई देशव्यापी रूपमा फैलाउन गीत÷संगीत रोजे । त्यसरी नै खेमराजले पनि पूर्वी नेपालका गरिबी, पीडा र छटपटाहटलाई गीतको माध्यमबाट पस्कन चाहे ।
तर, खेमराजको अल्पायुमै भएको अवसानस“गै नेपाली संगीत वृत्तमा एउटा प्रश्न भने फेरि पनि उठ्न पुगेको छ– किन प्रतिभासम्पन्न कलाकर्मीहरू मद्यपानसामु हार्न पुग्छन् ? अन्ततः खेमराज पनि मद्यपानकै सिकार भए । त्यसो त अधिक मद्यपानका कारण अल्पायुमै मृत्युवरण गर्ने नेपाली कलाकर्मीहरूको लामै सूची भेटिन्छ । प्रायशः गीत÷संगीत क्षेत्रका प्रतिभाशाली कलाकारहरूमा मद्यपानको बढ्दो लत र त्यसको बेफाइदाका कारण मृत्युको सिकार हुन पुगेका छन् । यो अत्यन्तै दुःखद पक्षका रूपमा संगीत क्षेत्रमा अंकित रह“दै आएको छ ।
हुन त नेपाली समाजभित्र रहेका आदिवासी जनजातिहरूले आफ्ना सांस्कृतिक चाड र पर्वहरूमा मदिरालाई अनिवार्य वस्तुका रूपमा अंगीकार गर्दै आएका छन् । मदिराविना कतिपय जाति र समुदायको धार्मिक, सांस्कृतिक कार्य नै अवरुद्ध हुन पुग्छन् । यो कतिपय जाति, जनजातिको संस्कृतिकै एउटा अभिन्न अंगका रूपमा विकास भइसकेको छ । तर, मदिरालाई कुनै जनजातिले संस्कृतिका रूपमा स्विकार्नु र मदिरालाई जीवन बा“च्ने आधार बनाउनु भने फरक कुरा हुन् । तर, नेपाली गीत÷संगीत क्षेत्रका कयौं प्रतिभाहरूले मदिरालाई जीवनकै एक अनिवार्य हिस्साका रूपमा स्विकार्ने गलत कार्यले गर्दा अल्पायुमै प्रतिभाशाली कलाकर्मीहरूले आफ्नो सिर्जनाको मैदानलाई फराकिलो तुल्याउन नपाई अस्ताउन पुगेको कटु यथार्थलाई भने बिर्सन सकि“दैन । नेपाली लोकसंगीतमा चम्किएका राम थापा, पाण्डव सुनुवार र आधुनिक संगीतका धरोहर अरुण थापाजस्ता प्रतिभाहरूले मदिरालाई प्रिय माने, मदिरा नै उनीहरूका कमजोरी बन्यो र त्यही कमजोरीले नै उनीहरूलाई लाखौं स्रोताहरूका ढुकढुकीबाट उछिट्ट्याए ।
तर, कतिपय कलाकर्मीहरूको कमजोरीगत पक्षहरूमा मदिराले पहिलो स्थान जमाए पनि उनीहरू किन मदिराको तलाउमा डुब्न पुगे ? भन्ने प्रश्नको गहिराइमा पुग्ने प्रयत्न भने सायदै भएको हुनुपर्छ । कलाकारहरू मदिराको आहालमा डुब्नुको पछाडि धेरै कारणहरू अन्तर्निहित हुन्छन् । केही वर्षयता, नेपालका सीमित कलाकारहरूले देशभित्र र बाह्य मुलुकहरूमा मञ्चीय प्रस्तुति गरेर आसन्न आर्थिक संकटलाई टार्ने राम्रो माध्यम पाएका छन् । तर, आज पनि अधिकांश कलाकारहरू आर्थिक संकटबाटै गुज्रिरहेका छन् । सामाजिक प्रतिष्ठा, नाम र इज्जत भए पनि अधिकांश कलाकारहरूले भोग्नुपरेका साझा समस्या, आर्थिक नै हो । जब आर्थिक समस्याले मुख बाउँछ, त्यतिबेला उसले पारिवारिक तनावदेखि अरू थुप्रै खाले तनावहरूको सामना गर्नुपर्दछ । यस्तो पाटो सतहमा आउ“दैनन्, तर कलाकर्ममै निर्लिप्त रहने अधिकांश कलाकारहरूले भोग्नुपरेको समस्यामा आर्थिक समस्या नै पहिलो पंक्तिमा आउ“छ ।
त्यसो त नेपाली समाजमा कलाकारहरूलाई सम्मानित नजरले हेर्ने र त्यहीअनुरूपको व्यवहार गर्ने सुखद पक्ष जीवितै रहेको छ । सम्मानजनक सामाजिक व्यवहारले नै कलाकारहरूलाई आफ्नो प्रतिभा–संसार विस्तार गर्न र अझ सिर्जनशील बनाउन सघाउ पु¥याउ“दै आएको छ । तर, समाज र व्यक्तिहरूले कलाकारलाई सम्मान गर्दा त्यही मदिराले नै सत्कार गर्ने परिपाटी भने अझै मेटिइसकेको छैन । सामाजिक सत्कारदेखि साथीभाइहरूस“गको सन्ध्याकालीन जमघटहरूमा मदिराले अनिवार्य उपस्थिति दर्साउने कारण पनि अधिकांश कलाकर्मीहरू मदिराको लतमा नजानि“दो तरिकाले फस्न पुग्छन् । त्यसो त कतिपय अग्रज कलाकारहरूको सिकोलाई पछ्याउ“दा पनि नकारात्मक दिशातिर कलाकारहरू डोरिएका देखिन्छन् । ‘नारायणगोपाल वा दीप श्रेष्ठहरूले नपिई गाउनै सक्दैनन्’ भन्ने मान्यता नेपाली संगीत वृत्तमा स्थापित भएको हु“दा पनि अरू कलाकारहरूमा त्यही छाप पर्नु स्वाभाविकै रह्यो । अग्रजहरूको पदचाप पछ्याउने क्रमले पनि कलाकारहरूलाई मदिरालयको स्थायी ग्राहक बनाउन सघाउ पु¥याउ“दै आएको सत्यलाई भुल्न मिल्दैन ।
आर्थिक संकट, पारिवारिक तनाव, सामाजिक सत्कार, साथीभाइस“गको जमघट, अग्रजहरूको गलत सिकोजस्ता पक्षले नेपाली गीत÷संगीत क्षेत्रका प्रतिभाशाली कलाकर्मीहरूलाई नजानिँदो पाराले मदिराको सुरुङतिर धकेलिइरहेको छ । आज खेमराजको निधनस“गै जसरी मदिराको कुरा जोडिन पुगेको छ, किन कलाकारहरू मदिराप्रिय बनिरहेका छन् र त्यसले कलाक्षेत्रलाई कसरी असर पु¥याइरहेको छ ? यो अत्यन्तै सोचनीय प्रश्न बन्न पुगेको छ आज । आज नेपाली संगीत जगत्ले एउटा खेमराजलाई गुमाए पनि अब आगामी दिनहरूमा अरू खेमराजहरूलाई नगुमाउनु नै नेपाली गीत÷संगीतको लागि सुखद पक्ष ठहरिनेछ ।

12 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार