Presidential

‘आँशुको शक्ति’ लोकार्पण गर्दै ओलीले भने– ‘ लैङ्गिक समानताका लागि अझै धेरै गर्न बाँकी छ’

२८ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति समुहकी पूर्वअध्यक्ष सुनिता दनुवारले लखेको र वरिष्ठ पत्रकार टंक पन्तले सम्पादन गरेको ‘आँशुको शक्ति’ नामक पुस्तक लोकार्पण गरेका छन् ।

पुस्तक लेखन गर्ने संस्था घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित पुस्तकमा मानव बेचबिखनपछि मुम्बई लगायतका विभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ र अहिले मानव बेचबिखनको अवस्था कस्तो छ भन्ने कुरालाई समावेश गरिएको छ ।

अध्यक्ष ओलीले पनि मानब बेचबिखनको अन्त्यका लागि पुस्तक महत्वपूर्ण भएको बताए । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष ओलीले सामाजिक न्याय, मानव अधिकारका लागि समाजिक अभियानकर्ताहरुले चलाएको अभियानले नागरिकहरुलाई सचेत बनाएको तर अझै सामाजिक न्याय र लंैगिक समानताका लागि अझै धेरै गर्न बाँकी रहेको उल्लेख पनि गरे । गर्नुभएको छ ।

उनले अभियानकर्तालाई मात्र होइन राज्यका लागि पनि पुस्तक सन्दर्भ सामग्री हुने बताए । पुस्तकका सम्पादक पन्तले पुस्तक मानव बेचबिखनको अवस्था, बेचबिखनपछि हुने दर्दनजाक पीडा, अहिले मानव बेचबिखनको स्वरुपमा भएको परिवर्तन, सामाजिक न्यायका विरुद्ध महिलामाथि हुने जघन्य हिंसा जस्ता विषयलाई पुस्तकमा समावेश गरिएको जानकारी दिए ।

पुस्तकको समीक्षा गर्दे वरिष्ठ मानव अधिकारकर्मी नागरिक समाजका अगुवा गौरी प्रधानले पुस्तकमार्फत सुनिताले समस्यालाई उजागर गरेर समाजको आँखामा लागेको पर्दा हटाएको बताए । अधिकारर्मी शर्मिला पराजुलीले पुस्तकको बिशेषता बारे प्रकाश पारेकी थिइन । घोस्ट राईटिङका अध्यक्ष कमल ढकालले घोष्टराइटिङ नेपालले अहिलेसम्म १ सय ६० वटा पुस्तक सम्पादन गरिरहेको जानकारी दिए ।

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार