Presidential

साहित्य सन्ध्यामा दसैँ–चर्चा

 

काठमाडौं । साहित्य सन्ध्याको ३६४ औँ शृङ्खला असोज १ गते शनिवार सम्पन्न भएको छ । संस्कृतिविद् प्रा.डा.कृष्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शृंखलामा प्राज्ञ पूर्ण विराम, रामबहादुर पहाडी, अतृप्त पाण्डेय, पुष्करराज भट्ट, डा.फणीन्द्रराज निरौला, वयोवृद्ध स्रष्टाहरू ९२ वर्षीय हर्ष स्याङ्बो र ८७ वर्षीय नेत्रमणि आचार्य उपस्थित हुनुहुन्थ्यो ।

सो कार्यक्रममा प्रा.डा. थापाले दसैँ पर्वको सांस्कृतिक र ऐतिहासिक महत्वका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले रामचन्द्र खतिवडाद्वारा लिखित ‘पढ्नु पर्छ कखगघ’ शीर्षकको बालकविता सङ्ग्रहको लोकार्पणसमेत गर्नुभएको थियो ।

सो शृंखलामा अमृता स्मृति, गणेश घिमिरे ‘मार्मिक’, ओमप्रसाद कोइराला, पूर्ण विराम, नवराज श्रेष्ठ, रामचन्द्र दाहाल, पीताम्बर भण्डारी, भोलानाथ सुवेदी, अतृप्त पाण्डेय, अभ्यस्त यात्री, कुसुम शर्मा, हर्ष स्याङ्बो, नेत्रमणि आचार्य, रामबहादुर पहाडी, भावना न्यौपाने, अनिता लामा, रामचन्द्र खतिवडा, जयन्ती स्पन्दन, देवकी के.सी., गोविन्द नेपाल, प्रमोद स्नेही, उर्मिला पन्त पाण्डेय, ऋचा, मुकुन्द न्यौपाने, प्रदीपरत्न शाक्य, ख्यालमान राई, खगेन्द्र बराल, यदुनाथ वसन्तपुरे, तारा गाउँले, ढुण्डीराज पोखरेल, बुढा, गोपाल नेपाल, रमेश गौतम पाल्पाली र नारायण निरासीले आआफ्ना कविता, गीत तथा गजल वाचन गर्नुभएको थियो । वाचित रचनामाथि पुष्करराज भट्टले समीक्षा गर्नुभएको थियो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्या एक प्रकारको कार्यशाला भएको बताउनुभएको थियो ।

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार