Presidential

काइँला र कार्कीलाई पद्मश्री

३० असोज । नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पु¥याएबापत पद्मश्री साधना सम्मान–२०७२ वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान–२०६२ ले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार–२०७२ भने यस वर्ष ‘चीरहरण’ उपन्यासका लेखिका नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको छ ।

जनही दुई लाख राशीको सम्मान र पुरस्कार प्रतिष्ठानका संरक्षक जीवा लामिछानेका आमा हरिकला लामिछानेले प्रदान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सम्मानित साहित्यकार काइँलाले साहित्य लेखन स्वतन्त्रताको चेतना बोधले लेखिने हुनाले सदा अन्याय, अत्याचार र असमानताका विरुद्ध लड्ने बताउनुभयो ।

लेखिका कार्कीले ‘चीरहरण’ उपन्यासलाई पुरस्कृत गरेर प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा थप जिम्मेवारी थपिदिएको बताउनुुभयो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार