Presidential

साझाको जग्गा लिलामी रोक्न प्रधानमन्त्री नै अघि सरे

८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालय रहेको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन् । ऋण तिर्न नसकेपछि राष्ट्रिय सहकारी विकास बैंकले साझाको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेको थियो ।

सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त निर्देशन दिएका हुन् । प्रकाशनले सो बैंकलाई तिर्नुपर्ने सात करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना अन्य जग्गा बिक्री गर्नेसमेत निर्णय गरेकोमा प्रधानमन्त्रीले अनुदान र ऋण गरी ४० करोड निकासा दिइने आश्वासन दिएका छन् ।

शिक्षामन्त्री धनीराम पौडेल, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले दाहालले प्रकाशनलाई सरकारले २० करोड ऋण र २० करोड अनुदान दिई सो संस्था बचाइने बताए ।

प्रधानमन्त्री दाहालले भने– ‘हामी प्रक्रिया पूरा गरेर एक साताभित्र मन्त्रिपरिषद्बाट सो रकम दिने निर्णय गर्छांै, हाललाई जसरी हुन्छ लिलामी रोक्नुप¥यो । सरकारले सहयोग गरेपछि संस्था चलाउने जिम्मा तपाईंहरुले लिनुपर्छ, त्यो ऐतिहासिक संस्था बन्द हुनुहुँदैन ।’

शिक्षामन्त्री पौडेलले साझालाई बचाउन प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक फाइल अर्थमन्त्रालयमा पठाइएको जानकारी दिए । अध्यक्ष तथा महाप्रबन्धक शर्माले यसअघि पनि प्रधानमन्त्री र मन्त्रीबाट विभिन्न आश्वासन दिइएको र आजको निर्देशनले थप आशा जागेको बताए ।

शर्माले संस्थामा लामो समयदेखि हुन नसकेको लेखा परीक्षण, कर्मचारी कटौती, बिक्री वितरणमा चुस्तता, विगतको अनियमिततामाथिको छानबिन गर्ने कार्य जारी राखेको पनि बताए ।

7 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार