Presidential

ए छोरी पो (कथा)

क्रान्ति पराजुली

‘रीमा दिदी सबै जना किन यस्तो निराश ? ….रीमा दिदीका आँखामा आँशु भरिए तर मुखबाट आवाज निस्किएन । हिजो साँझ हतार हतार गरी पाटन हस्पिटल पुगेँ । रीमा दिदी दोस्रो पटक आमा भएको समाचार सुनेर म खुशी हुँदै पुगेकी थिएँ । हस्पिटल पुग्दा रुवावासी थियो । बच्चा एकातिर रोइरहेको । बच्चा जन्मिएको एक घण्टा वितिसक्दा पनि बच्चालाई आमाको दुध चुसाइएको थिएन । रीमा दिदी लास भै लडिरहेकी थिइन ओछ्यानमा । श्रीमान् अर्कोतर्फ मुन्टो फर्काएर एकोहोरिरहेका थिए । सासु र ससुरा छेउका कुर्सीमा बसेर आँखाबाट आँशुका ढिक्का खसाइरहेका थिए । ‘आमा र बच्चाको स्वास्थ्य अवस्था कस्तो छ ?’ नर्सलाई सोधेँ । ‘दुबैको स्वाथ्य एकदमै राम्रो छ बच्चाको तौल पनि ठीक छ’ नर्सले भनिन् । म रीमा दिदीको छेउमा गएर बसेँ । त्यसबेला पनि कोहीसँग कोही बोलिरहेका थिएनन् । ‘रीमा दिदी आखिर भयो चाहिँ के ? सबै जना किन यस्तो निराश ?’ मेरो धैर्यताको सीमा नाघेपछि सोधेँ । उनी सकिनसकी बोलिन् ‘पहिलेकी छोरी थिई यो छोरो होस् भन्ने थियो सबैलाई ।’

मैले रोइरहेकी बच्चीलाई काखमा लिएँ । ‘रीमा दिदी छोरीलाई दुध चुसाउनु पर्छ, बच्चाको मुख पुरै सुकेको छ कस्तो वास्तै नगर्या हँ ।’ बच्चालाई दुध चुसाउन लगाएँ । रीमा दिदीकी आमाजू आइपुगिन् । ‘के जन्मियो ? छोरा की छोरी ?’ पहिलो वाक्य नै यहि थियो उनको । छोरी जन्मिएकी छिन् पछि ठुली भएर प्रधानन्याधिस बन्छु भन्दैछिन् । मैले दृढतापूर्वक मुस्कुराएर भनेँ । ए छोरी पो ?? उनले नाक र निधार एकैसाथ खुम्च्याइन् । रीमा दिदी र उनका श्रीमान मात्र होइन रीमा दिदीका सासुससुरा पनि शिक्षित थिए तर मानसिकता उही । अचम्म लागिरह्यो र केही समय सम्म मन खिन्न भइरह्यो । साँझ दिनभरीका घटना परिघटना मानसपटलमा दौडिरहे । सानिमाको छोराको व्रतबन्धमा पनि पुगेकी थिएँ, दिउसो । ‘लौ बल्ल आनन्दको निन्द्रा लाग्ने भो, कमसेकम अब मरिहालियो भनेँ पनि आफैले जन्माएको छोरोले दागवत्ती दिने भयो, किरिया गर्ने भयो’ । ब्रतवन्धको अन्त्यमा निक्कै घमण्डका साथ सानिमाले भनेकी थिइन् । छेउछाउमा भएका आफन्तलाई पर्न जाने असर बारे सानिमालाई पटक्कै ख्याल थिएन ।

यसो भनिरहँदा दुई छोरी मात्र भएकी अर्की सानिमालाई नियालेँ उनले भनेँ आँखामा टिलपिल भरिएका आँशुलाई खस्न दिइनन् । दुईटी छोरीलाई राम्रो शिक्षादिक्षा दिइरहेकी उनलाई अन्तिम संस्कार गर्ने र बुढेसकालमा रेखदेख गर्ने छोरा छैनन् भन्ने मानसिक पीडाले जीवनभर सताइरहन सक्छ । हाम्रै समाजका विभिन्न खाले व्यक्तिहरुको व्यङ्ग्यात्मक भनाईले उनको पिडालाई अरु थप्नेछ । नेपालको संविधान २०७२ मा महिलाको हक अन्तर्गत प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ भनेर उल्लेख गरिएको छ ।

के छोरा सरह बाबुआमाका हरेक आवश्यकता पूरा गर्ने सक्षम छोरीले बाबुआमाको दागवत्ती म आफै दिन्छु र अन्तिम संस्कार आफै गर्छु भन्न नपाउने ? अनि हिन्दु संस्कारले एउटी छोरीको पुकार सुनेर सहमति जनाउने कि नजनाउने रुजब सम्म संस्कारमा असमानता हुन्छ तबसम्म व्यवहारमा असमानता देखिरहने छ । ‘जति पढाए पनि के गर्नु अर्काको घर जाने जात’ भन्ने चलन अझै हावी छ हाम्रो समाजमा । संविधानमा लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ भन्ने उल्लेख भएपछि सम्पतिमा समान अधिकार माग्दैछन् अहिलेका छोरीहरु । तर, आज पनि हाम्रो समाजका धेरै छोरीहरु बाबुआमाको बुढेसकालको सहारा बन्न सकेका छैनन् । सम्पत्तिमा समान अधिकार खोज्ने छोरीहरु बाबुआमालाई दुःख पर्दा बुढेसकालको सहारा बन्न सक्नु पर्छ । जबसम्म छोरी पनि बुढेसकालको सहारा बन्न सक्दैनन् तबसम्म छोरी जन्मदा बाबुआमाको मनमा अहिले जसरी नै ढ्याङ्ग्रो बजिरहने छ । हिजोमात्र पृय साथी रजनीको विवाहमा गएकी थिएँ । ‘मलाई विवाहमा सारै दुःख लाग्ने पक्ष के हो तिमीलाई थाह छ ?’ विवाहबाट फर्किदै गर्दा आर्यालाई मैले भनेँ ।

अहँ रु भन न रु उसले बुझ्ने ईच्छा राखी ।  छोरीहरुलाई दान गरेर पठाउँदा सारै दुःख लाग्छ । के छोरीहरु गाइका बाछीहरु हुन् र दान दिनलाई । अनि दान पाएको कुराको कति महत्व हुन्छ ? तिमी नै भन त ? दानमा आएका हाँडाभाँडा आदि मन नपरेको खण्डमा मान्छेले त्यसको वेवास्ता गर्न सक्छ र मन परे जतन गरी राख्न पनि सक्छ । के मालसमान जस्तै हुन् छोरीहरु ? त्यसैले, कन्यादान भन्ने शब्द नै शब्दकोषबाट हटाउनु पर्छ । मेरो कुरा सुनेर आर्याले पाइला रोकी र म तिर फर्किएर भनी ‘हाम्रो संस्कार हो तिमीलाई मात्र चित्त नबुझेर हुन्छ र ?’खै त संस्कारमा समानता ? यस्तो विभेदकारी संस्कार बनाउन पाइन्छ ? के यसलाई सांस्कृतिक परिवर्तन अन्तर्गत परिमार्जन गर्न सकिन्न ? नेपालको संविधान २०७२ मा महिलाको हक अन्तर्गत नै उल्लेख गरिएको छ महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । तर व्यवहारमा भनेँ जस्ताको त्यस्तै । साँझ निक्कै छिप्पिदै थियो आफ्नो बिस्तारामा पल्टिएर भारी मनले सोच्दै थिएँ ‘के अहिलेका पढेलेखेका छोरीहरुले यस्तो गलत संस्कारको विरोध गर्न सक्नु पर्दैन ?’ मेरै घरसँग जोडिएको घरबाट आएको आवाजले झस्किएँ । ‘भो छोडिदिनुस्‘मर्न लागेँ म । भो छोडिदिनुस्’ फेरि उही चिच्याहट ।

मेरो घरसँगै जोडिएको अर्को घरको माथिल्लो तलाबाट अक्सर यो चित्कार सुन्ने गर्छु म । केही समय पछि उक्त घरको गेटबाट एक लोग्ने मान्छे निस्कियो । छतमा निन्याउरो अनुहार भएकी एक महिलालाई देखेँ । ‘दिदी श्रीमान्श्रीमतीको राम्रो सम्बन्ध छैन कि के हो ? तपाईँ रोएको र कराएको थुप्प्रै पटक सुनेकी छु ?’ आफ्नो घरको कौशीबाट सोधेँ । ‘बहिनी भाग्य खोटो भएपछि सारै दुःख पाइने रहेछ ।आफ्नै श्रीमान्बाट बलात्कृत हुनुको पीडा म कसलाई पोखौँ ?’ सानो ५–६ महिने बच्चा एक हातले च्यापेकी उनले भनिन् । दिदी आफ्नो इच्छा विपरित यौनक्रियाकलापमा जर्वजस्ती सामेल गराउनेलाई त कानुन लाग्छ नि तपाईँलाई थाह छ ? वैवाहिक वलत्कार अन्तर्गत तपाईँले मुद्दा गर्न सक्नु हुन्छ । ‘थाह भएर, पनि के गर्ने बहिनी । सानो नानी काखमा छ, विवाह भएर अर्काको घरमा आइहालेँ, आफूले केही गरेर गरी खान गारो छ ।

अब श्रीमानले बलत्कार गर्यो भन्दै म कहाँ उजुरी गर्न जाऊँ ? उसको कुटाइले त्यसै पनि यो जीउ ज्यान गलेको छ केही गर्ने हिम्मत पनि छैन ।’ ‘के तपाई कुनै रोगले ग्रसित हुनुहुन्छ ?’ ‘पिसाव पोल्छ, गनाउने सेतो पानी बगिरहन्छ उपचार गर्न जाउँ भन्दा श्रीमान् मान्दैनन् । के गर्ने बहिनी यस्तै रहेछ दुःखी जीवन ।’ उनको निरासावादी प्रतिक्रियाले मलाई अवाक बनायो । ‘श्रीमान् आफूलाई लोहोरो सम्झिरहेको छ र श्रीमतीलाई सिलौटो । कुट्न पाउनु र मनलागी गर्न पाउनु ऊ आफ्नो अधिकार सम्झिरहेको छ । तपाईँ भनेँ सहेर बस्ने ? तपाईँ जस्ता महिलाले गर्दा नै हो पुरुषहरुले दवाउने । कहिलेसम्म सहनु हुन्छ दिदी ? मलाई उनको कुरा पटक्कै चित्त बुझेको थिएन । ‘मन लागेको बेला तँसँग यौन सम्बन्ध राख्नकै लागि त विवाह गरेर ल्याएको हो ।’ उसले यसै भनेर हप्काउँछ जहिले पनि । ऊ सम्झिन्छ उसले मन लागेको बेला जे पनि गर्न पाउने लाइसेन्स लिएको छ । उनका आँखा भरिएका थिए । म आफ्नो कोठामा फर्किएँ । यी र यस्ता घटनाले दिक्क बनाउँछन् घरीघरी मलाई । चाहेर पनि केही गर्न नसकेकोमा आफैसँग गुनासो पोख्ने गर्छु कहिलेकाहिँ ।

जो पीडित हो उसले पाइला अगाडि नसारेसम्म के नै पो गर्न सकिन्छ छ र ? अनि सम्झने गर्छु समानताका यति धेरै आवाजहरु वुलन्द भइरहँदा पनि महिलाहरु किन पुरुषसँग काँधमा काँध मिलाएर अगाडि बढ्न सकेका छैनन् । महिलाहरु आफूलाई त्यति कमजोर किन सम्झिन्छन् रु आखिर उही मानव होइन र रु म एक छोरी हुँ । जब म जन्मिन्छु बुझ्ने हुन पाउदा नपाउँदै घरका मान्छेले मलाई छोरोभन्दा कमजोर छेस् भनिसक्छन् ।

अझ बुझ्ने हुँदा समाजले पनि भन्छ । सबैले भन्न थाले पछि या भनौँ धेरैले भन्न थाले पछि म विश्वासमा पर्छु । त्यसरी विश्वास गर्नु मेरो कमजोरी मात्र हो भन्ने म बुझ्दिन । म डराउँछु र टुक्रिन्छु वाश्तव मै म आफैलाई विश्वास गर्न छोड्छु र वाश्तव मै म कमजोर नै बन्न पुग्छु । सधैँ अध्यारो कायम रहन सक्दैन किनकि अध्यारो अस्थायी हो । यो अघिसम्म, यो हिजोसम्म, यो अस्तिको महिनासम्म या अस्तिको वर्षसम्म रहला । अध्यारो पछि मेरा पाइला उज्यालोतिर लम्किनु पर्छ । भूतबाट भविष्य तर्फ । भूतले मलाई पाठ सिकाएको छ अझ बलियो बनाएको छ । मैले आत्मविश्वासलाई बलियो बनाएर सम्झिनु पर्छ कि म एक त्यस्तो मान्छे हुँ संसारलाई मेरो आवश्यकता छ । सोच्दा सोच्दै कोल्टे फर्किएर निदाउँछु ।

162 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार