Presidential

सन्ध्यामा ज्येष्ठ नागरिकबारे चर्चा


सन्ध्यामा ज्येष्ठ नागरिकबारे चर्चा

३ पुस । साहित्य सन्ध्याले आफ्नो नियमित मासिक शृङ्खलाअन्तर्गत शनिबार ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयक परिचर्चा तथा कविगोष्ठीको आयोजना गरेको छ । ‘नेपान’का कार्यकारी निर्देशक फटिक थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रा.केशव सुवेदी, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, वरिष्ठ कवि रामबहादुर पहाडीलगायत उपस्थित थिए ।

सो गोष्ठीमा कविहरू ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, लीलाराज दाहाल, पूर्ण विराम, प्रेमराज सिलवाल, जनार्दन अधिकारी ‘धड्कन’, चूडा निर्भीक, अभ्यस्त यात्री, ढुण्डिराज पोखरेल, बालकवि प्राञ्जलमणि आचार्य, भागवत आचार्य, पुण्य गौतम ‘विश्वास’, रामबहादुर पहाडी, गोविन्द नेपाल, डा.राधाकृष्ण ढुङ्गाना, रमेश गौतम ‘पाल्पाली’, गोपाल मैनाली, नर्मदेश्वरी सत्याल, अनिता लामा, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, भावना न्यौपाने, पीताम्बर भण्डारी, आनन्दराम पौडेल, छविरमण सिलवाल, प्रशान्त खरेल, बैरागी जेठा, खेम दाहाल, ललित बस्नेत ‘भिमाली’, गोपाल नेपाल, रूपक अलङ्कार र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए ।

वाचित कवितामाथि टिप्पणी गर्दै प्रा.केशव सुवेदीले कविता चुनौतीपूर्ण लेखन भएको कविता बुझ्न एउटै कविता दशौँ पटक पढ्नु पर्छ र कविताले प्रस्तुत गर्ने समाज र जीवन बडो जीवन्त हुन्छ भनी बताएका थिए । गोष्ठीका अध्यक्षता राम विनय र सञ्चालन रमेश पोखरेलले गरेका थिए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार