Presidential

उपकुलपति र सदस्य–सचिवबीच कलह बढेकै हो ?

४ पुस । आखिर, प्राज्ञहरु किन झैंझगडामा उत्रिन्छन् ? नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानभित्र पनि के कलह उत्पन्न भएकै हो ? अहिले यस्ता प्रश्न स्वाभाविक रुपमा उठेका छन् ।

विगतमा पनि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान विवादको घेरामा तानिएर केही समय काम नै ठप्प हुन पुगेको थियो । अहिले ललितकला प्रज्ञा प्रतिष्ठानमा विवाद चुलिएको कुरा सार्वजनिक भएपछि वास्तविकता के हो भन्ने उत्सुकता सर्वत्र छाएको छ ।

तर, प्रतिष्ठानका सदस्य–सचिव नवराज भट्टले भने प्रतिष्ठानमा भए गरेका सम्पूर्ण कार्यहरु ऐन, नियम, कानून, विधि र प्रक्रिया पूरा गरी प्राज्ञपरिषद्को निर्णयद्वारा सम्पन्न गरिएको उल्लेख गरेका छन् । अहिलेसम्म कुनै पनि कर्मचारीलाई अनाधिकृत रुपमा नियुक्ति नगरिएको, प्रशासनिक विज्ञ नियुक्तिसम्बन्धी विषय हाल अदालतमा विचाराधीन अवस्थामा रहेकोले यसबारे टिकाटिप्पणी गर्नु, अनावश्यक कुरा लेख्नु र लेख प्रकाशित गर्नु उचित नभएको, भुकम्पद्वारा क्षतिग्रस्त भवन कसरी पुननिर्माण गर्न सकिन्छ भन्ने सम्बन्धमा पुरातत्व विभागमा सम्पर्क र समन्वय गरी सम्बन्धित विज्ञहरुलाई निरीक्षण गराउने कार्य पूरा भएको, अरनिकोको मूर्ति निर्माणको कार्य अगाडि बढेको, करिब ६ महिनासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल अड्किँदा कुलपतिलाई र मन्त्रालयमा प्रगति प्रतिवेदन पेश गर्न र वार्षिक नीति, कार्यक्रम बजेट अगाडि बढ्न नसकिएको कुरा सदस्य–सचिव भट्टले उल्लेख गरेका छन् ।

भट्टले आफू र उपकुलपतिबीच कुनै कलह नरहेको पनि उल्लेख गरेका छन् ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार