Presidential

माधवका माता-पिताका नाममा प्रतिष्ठान


२३ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका मातापिताका नाममा प्रतिष्ठान घोषणा गरिएको छ । पिता मंगलकुमार उपाध्यायको पहिलो वार्षिकीका अवसरमा स्मृति गन्थ विमोचन गर्न आयोजित कार्यक्रममा जेठा छोरा नेपालले १० लाख अक्षय कोष खडा गर्ने जानकारी दिँदै मंगलकुमार उपाध्याय दुर्गादेवी नेपाल प्रतिष्ठान गठन गर्ने घोषणा गरेका हुन् ।

रुसी सांस्कृतिक केन्द्र कमलपोखरीमा आयोजित कार्यक्रममा स्मृतिग्रन्थको लोकार्पण राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा प्रा.डा. जीवेन्द्रदेव गिरी र पुस्तकका सम्पादक डा. देवी नेपालले पुस्तकबारे बोलेका थिए भने नेपाल परिवारका जेष्ठ सदस्य दिव्यकुमार नेपालले स्वर्गीय नेपालको व्यक्तित्वको चर्चा गरेका थिए । परिवारका तर्फबाट जेठा छोरा माधवकुमार नेपाल र कान्छी छोरी बसुधा पोखरेलले बोलेको थिए भने माहिली बुहारी अञ्जना उपाध्यायले स्वागत र कान्छा छोरा सरोज उपाध्यायले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो । वसन्तकुमार शम्र्मा नेपाल, पूर्व उपकुलपति बैरागी काइँला, संस्कृतिविद् डा.मोदनाथ प्रश्रित, एमाले महासचिव ईश्वर पोखरेल, वरिष्ठ वामनेता विष्णुबहादुर मानन्धर, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे, एमाले नेता प्रदीप नेपाल, मुकुन्द न्यौपाने, वरिष्ठ भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेल, प्राज्ञ विष्णु पभात, जन गायक रामकृष्ण दुवाल, वरिष्ठ स्रष्टा उषा शेरचन, उद्योगमन्त्री सोमप्रसाद पाण्डेलगायत अतिथि थिए ।

मङ्गलकुमार उपाध्याय नेपाल स्मृतिग्रन्थ प्रकाशन समितिमा संरक्षकहरूमा तीन छोरा माधवकुमार नेपाल, विनोदकुमार नेपाल र सरोजकुमार नेपाल छन् भने डा.देवी नेपाल संयोजक, रमेश पोखरेल सचिव, मोहन गौतम कोषाध्यक्ष, अनिल पौडेल, प्रा.डा.विष्णुराज आत्रेय, दिव्यकुमार उपाध्याय, गायत्री नेपाल, अञ्जना नेपाल, निरु नेपाल, वसुधा नेपाल पोखरेल र डा.सुमन नेपाल पाण्डे सदस्य छन् ।

कार्यक्रममा ग्रन्थका प्रधान सम्पादक डा.देवी नेपालले पं.मङ्गलकुमार उपाध्यायले आफ्ना परिवारलाई समेत संस्कार सिकाएको अनुभूति काम गर्दाका दौरान परिवार, लेखकहरू लगायत सबै सबैबाट प्राप्त भएको सहयोगका कारण दुई महिनाको छोटो अवधिमा यति ठुलो ग्रन्थ तयार पार्न सकिए बताए ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले आफ्नो राजनीतिक व्यक्तित्व निर्माणमा बुबाको ठूलो योगदान रहेको चर्चा गर्दै बुबाको इच्छा जेठो छोराले पढेर जागिर खाओस् भन्ने रहेको भए पनि आफू सामाजिक रूपान्तरण नहुँदासम्म परिवारको पनि सुख हुँदैन भन्ने मान्यता बोकेर राजनीतिमा होमिँदा सधैँभरि सहयोग रहेको बताए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार