Presidential

हिमालको गोठालो लोकार्पित

२७ पुस । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘हिमालको गोठालो’ नामक कृतिको विमोचन गरेका छन् । विमोचन कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘यो कृतिमार्फत् नेपालको हिमाली क्षेत्र, पर्यटन क्षेत्र र गुरुङ जनजीवनको सुन्दर चित्रण भएकोमा म निकै गर्व गर्छु ।’

पूर्वप्रधानमन्त्री भट्टराईले भने– ‘नेपाल सबै जातजातिको मुलुक हो । अबको राजनीतिक परिवेशले यो विविध समाजलाई सम्मान गर्नुपर्छ ।’ कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यकार युवराज नयाँघरेले भने– ‘सङ्घर्षका अनेक कथाहरुले हिमालको गोठालो भरिएको छ । गोठालो, भरिया हुँदै अन्तर्राष्ट्रिय स्तरको तालिम लिने सुनारको संघर्षशील कथाले यो कृति सबैका लागि प्रेरणादायी बनेको छ ।’

धार्चे मनास्लु पत्रिकाद्वारा आयोजित लोकार्पण समारोहमा बालाराम घर्ती मगर, सन्तोष गुरुङ, आङ छिरिङ शेर्पा, मनबहादुर पुन मगर लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

पहिलो अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदर्शक सुनारबहादुर गुरुङद्वारा लेखिएको हिमालको गोठालोको प्रकाशन सुनार ट्रष्ट नेपालद्वारा गरिएको हो ।

लेखक गुरुङ गोरखा, लाप्राकका हुन् । पछिल्लो समय उनले शिक्षा क्षेत्रमा विशिष्ट ढंगले योगदान पु¥याइरहेका छन् । समाजसेवी गुरुङकै नेतृत्वमा धेरै विद्यालयहरु निर्माण र व्यवस्थापन हुँदै आएका छन् । हिमालको गोठालोबाट उठेको रकम समेत लेखक गुरुङले गोरखाकै शिक्षा क्षेत्रमा लगानी गर्ने बताए ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार