Presidential

पत्रकार तथा साहित्यकार अधिकारीद्धारा एकल कविता बाचन


काठमाडौ, २२ असार । पत्रकार तथा साहित्यकार यशोदा अधिकारीले एकल कविता बाचन गरेकी छिन । सांस्कृतिक संस्थानद्धारा मासिक रुपमा आयोजना हुने  ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा अधिकारीले महिलाको पक्षका कविता वाचन गरेकी हुन् ।

उनले पुरुषसरह महिलाले गर्ने कामको सम्मान नभएको, लैंगिक विभेद हट्न नसकेको, महिलाले आत्मसम्मानसहित स्वतन्त्रतापूर्वक बाँच्न नपाएको लगायत समसामयिक विषयमा कविता वाचन गरिन् ।

कार्यक्रममा जङ्ग पहाडी, मीना श्रेष्ठ, तारा केसी, श्याम रिमाल र रविराज बसौलाले पनि कविता वाचन गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अधिकारीका कविताको प्रशंसा गर्दै कविता समाज परिवर्तनको संवाहक भएको बताए । उनले परिवर्तनको पक्षमा कलम चलाउन पनि स्रष्टालाई आग्रह गरे ।

प्राज्ञ नर्मदेश्वरी सत्यालले अधिकारीका कवितामा समाजका यथार्थ विषय वस्तु समेटिएको भन्दै निरन्तर कलम चलाउन हौसला दिइन् ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, सांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र सांसद खेम नेपालीले अधिकारीका कविताले समाज रुपान्तरणमा टेवा पुग्ने बताए ।

पत्रकार तथा सहित्यकार अधिकारीका हालसम्म ‘निषेधविरुद्ध’ र ‘अस्वीकार’ कवितासंग्रह, ‘संसार हल्लाउने संघर्षशील महिलाहरु’ (जीवनी), ‘क ख गीत’ (बाल कविता) र ‘जुरेली र मयुर’ (बाल कविता) प्रकाशित छन् ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार