Presidential

‘नयाँ नेपाल निर्माण अब एमालेले नै गर्छ…त्यसैले त सूर्यमा छाप लगाउनुपर्छ’ (भिडियोसहित)


काठमाडौँ । मोतिराज खनालले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसँग सम्वन्धित चुनावी गीतको एल्वम ‘नयाँ नेपाल निर्माण अब एमालेले नै गर्छ’ बजारमा ल्याएका छन् । नेकपा (एमाले) अर्घाखाँची– काठमाडौँ सम्पर्क मञ्च सांस्कृतिक विभाग प्रमुखसमेत रहेका खनालका यो भन्दा अघि छ वटा एल्लव बजारमा आइसकेका छन् ।  (भिडियोसहित) 

शब्द, लय पनि खनालकै रहेको यो एल्वममा स्वर खनाल र मञ्जु गुरुङको रहेको छ । उनले एल्वममा ‘विदेशी शक्तिसँग पर्दैन यो लम्पसार, सुन्दर शान्त नेपाल निर्माण अब एमालेले गर्छ त्यसैले त सूर्यमा छाप लगाउनुपर्छ, नयाँ नेपाल निर्माण अव एमालेले नै गर्छ, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्छ , त्यसैले त सूर्यमा छाप लगाउनुपर्छ’ जस्ता शब्दहरु समावेश गरेका छन् । उक्त म्युजिक भिडियोमा समिर लामा, नरहरि घिमिरे, सुमन पौडेल, मुकुन्द भुसाल, चन्द्रकला खनाललगायतले मोडलिङ गरेका छन् ।

78 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

सम्बन्धित भिडियो

    
        Loading...     
    

अन्तरवार्ता

समाचार