अकस्मात विस्फोट हुँदा २४ अफगानी तालिवान विद्रोहीको मृत्यु


२० असार । आत्मघाती आक्रमणको तयारीमा रहेका ११ जनासहित २४ जना अफगानी तालिवान विद्रोहीको सोमबार मृत्यु भएको जाबुलका प्रान्तीय प्रहरी प्रमुखले बताए ।

आत्मघाती विस्फोटन गराउने तयारीस्वरुप तयारी अवश्थामा राखिएको बम अकस्मात विस्फोट हुँदा जाबुलको प्रान्तीय राजधानी कलाटमा मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुख गुलाम जिलानी फराहीले बताए ।

तालिवान विद्रोही समूहका लडाकूले आत्मघाती आक्रमणका लागि खाक–ए इलाकास्थित आक्रमणस्थलमा तयारी अवस्थामा राखेको ज्याकेट चलाउँदा विस्फोट भई उनीहरुको मृत्यु भएको बताइएको छ ।
तर यसबारे तालिवान समूहले सोमबार अबेरसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । रासस\सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्