अखण्ड पार्टी परित्याग गरेकी उपाध्यक्ष भण्डारी भन्छिन्, ‘राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले प्रवेश गरेँ’


१८ माघ । अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुमार खड्का मन्त्री नियुक्त भएको एक महिना पनि वित्न नपाउँदै सो पार्टीकी उपाध्यक्ष पुष्पा भण्डारीले पार्टी परित्याग गरेकी छिन् । पार्टी परित्याग गरेकी भण्डारीले बुधबार नै नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् ।

भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुन् । नेत्री भण्डारीले अखण्ड पार्टीका अध्यक्ष खड्का वर्तमान सरकारमा सहभागी भएपछि आफूले सो पार्टी परित्याग गरेको र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले दृढ देखिएकाले सो पार्टीमा प्रवेश गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्