अखिलले दिलायो सय जनालाई छात्रवृत्ति


२३ असार । अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा ६५  औ  मदन जयन्तीका अवसरमा “मदनको आखाँबाट जबज शिक्षा” विषयक विचार गोष्ठी तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य तथा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले आजको युग सुहाउँदो शिक्षाका लागि जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले मार्गनिर्देशन गर्ने बताए ।

कार्यक्रममा जबज शिक्षाका बारेमा सभासद राजन भट्टराई, रविन्द्र अधिकारी, शिक्षाविद् बालानन्द शर्मा, शिक्षा विभागका निर्देशक खगराज बराल, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल, हिसानका अध्यक्ष रमेश सिलवाल, उपाध्यक्ष युवराज शर्मालगायतले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा अनेरास्ववियुको पहलमा देशभरका छानिएका सय जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरियो । छात्रवृत्ति पाउनेमा भुकम्प प्रभावित, पिछडिएको, मधेश, अल्पसंख्यक, दलित, कम्लरी, लोपोन्मुख, सीमान्तकृत क्षेत्रका विद्यार्थी छन् । उनीहरु सबैलाई राजधानीको ग्लोबल, ह्वाइट हाउस, काडमाडौ मोडेल, ट्रिनिटी, जेभियर, युनिग्लोबल, नोबेललगायत विभिन्न कलेजमा छात्राबाससहितको निःशुल्क छात्रवृत्ति वितरण गरिएको छ ।

अनेरास्ववियुका अध्यक्ष नविना लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन महासचिव ऐन महरले गरेका थिए ।

अखिलका प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुदीप शर्माका अनुुसार, आर्थिक रुपमा कमजोर भएका कारण कुनै पनि विद्यार्थी पढ्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अभियान अन्तर्गत अखिलले छात्रवृत्तिको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्