अखिल र युवा संघ संशोधन प्रस्तावको विरोधमा, बानेश्वरमा जुलुस निकाल्दै


१५ मंसिर ।  संविधान संशोधनको विषयलाई लिएर युवा सङ्घ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा विरोध गर्ने भएका छन् । सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता नलिएसम्म निरन्तर विरोधमा उत्रिने निर्णय गरेको युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले जानकारी दिए । प्रवक्ता प्रभातविक्रम कटवालले पनि त्यसको विरोधमा आन्दोलन गर्ने जानकारी दिए ।

सरकारले गरेको संविधान संशोधनको सातबुँदे प्रस्ताव फिर्ता नलिएसम्म त्यसविरुद्ध आन्दोलन गर्ने र अन्य विद्यार्थी र युवा सङ्गठनलाई समेत समेटने निर्णय भएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् । उनले बुधबार तीन बजे नयाँ बानेश्वरमा विरोध सभाको आयोजना भएको पनि जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्